ललितपुर- पानी र सिमसार क्षेत्र मन पराउने आसकोटे बकुल्ला वर्षाको समयमा खानेकुरा खोज्दै टाढासम्म पुग्ने गर्छन्। भारतीय पोखरी हेरोन (अर्डियोला ग्राई) पनि भनिने वर्षायाममा बस्ती नजिकै र धानबाली लगाइएको क्षेत्रमा पनि देखिने भएकाले यसलाई ‘प्याडीबर्ड’ वा ‘झरीकी चरी’ नामले पनि चिनिन्छ।
यो चरा दक्षिणी इरान र पूर्वमा भारत, नेपाल, बर्मा, बंगलादेश र श्रीलंकामा पाइन्छ। फराकिलो क्षेत्रमा चरिहिँड्न रुचाउने यो चराको सिकारशैली र गतिविधिमा चराप्रेमीहरू मुग्ध हुन्छन्। विशिष्ट शैलीमा चम्किलो पखेटा फिँजाउने कला पनि उतिकै मोहक हुने गर्छ।
सुख्खा समयमा भने आसकोटे सिमसारतिर बसाइँ सर्छ। भ्यागुता, माछा, चेपागाडालगायतका जलजीवको सिकार गर्न रुचाउने भएकाले यो चरालाई सिमसार क्षेत्र मन परेको हो। पानीमा खाने कुराको कमी नहुने भएकाले यसले प्रजनन पनि वर्षाको समयमा गर्छ। नेपालको पूर्वीदेखि पश्चिमसम्म यस्ता बकुल्ला पाइन्छन्। ललितपुरस्थित नागदह परिसरमा कैद गरिएका झरीकी चरीका तस्बिरहरू:










-नेपाल फोटो लाइब्रेरी



