काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका पार्टीका उपसभापति पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत उपप्रधानमन्त्री खड्कालाई भेटेर देउवाले स्वास्थ्यलाभको कामना गरेका हुन्।
अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको थियो।


