चन्द्रमाको दक्षिणी ध्रुवमा चंद्रयान-३ की सफल ल्यान्डिङ गराएको दुई साता नबित्दै भारतले सूर्यको अध्ययनका लागि अर्को अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ। भारतले पहिलो पटक सूर्यको अध्ययन गर्न अन्तरिक्षयान प्रक्षेपण गरेको हो।
यसले अन्तरिक्षमा एक कक्ष बनाएर सूर्यको निगरानी गर्नेछ। विशेष गरी यसले सूर्यको मौसमका विषयमा नयाँ जानकारी ल्याउने भारतीय अन्तरिक्ष अध्ययन संस्था इसरोले जानकारी दिएको छ।
यद्यपि सूर्यको अध्ययनका लागि पठाइएको यो पहिलो अन्तरिक्ष भने होइन। यसअघि नै अमेरिकी स्पेस एजेन्सी नासा र यूरोपेली स्पेस एजेन्सी (ईएसए)ने सूर्यको अध्ययनका लागि भनेर मिसनहरू पठाइसकका छन्।
संस्कृत भाषामा आदित्यको अर्थ सूर्य हुन्छ। यो अन्तरिक्ष यान शनिवार श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो। भारतीय समय अनुसार बिहान ११:५० मा इसरोले यसलाई प्रक्षेपण गरेको थियो। श्रीहरिकोटा चेन्नईबाट १०० किलोमिटर उत्तरमा अवस्थित छ।

सूर्यको अध्ययन गर्नका लागि भनेर पठाइएको यो यान सूर्यमा भने पुग्नेछैन। यसले पृथ्वीबाट १५ लाख किलोमिटर टाढा जानेछ। त्यहीँ घुमेर यसले सूर्यको अध्ययन गर्नेछ। त्यो ठाउँलाई लङरेन्ज प्वाइन्ट (एल-वान) भनिन्छ। एलवानसम्म पुगेर सूर्यको अध्ययन गर्ने भएकाले यसलाई आदित्य एलवान नाम दिइएको हो। यो पृथ्वी र चन्द्रमाबीचको दूरीभन्दा चार गुना बढी हो। तर सूर्य र पृथ्वीबीचको दूरीको लगभग एक प्रतिशत मात्र हो। सूर्य पृथ्वीभन्दा १५ करोड किमी टाढा छ।
आदित्य एल१ लाई लक्ष्यमा पुग्नका लागि १२५ दिनसम्म लाग्ने बताइएको छ।
अन्तरिक्षमा एक यस्तो स्थान छ जहाँ सूर्य र पृथ्वीको गुरुवत्वाकर्षण बल सन्तुलित हुन्छ। यहाँ एक किसिमको न्युट्रल प्वाइन्ट विकसित हुन्छ। यस्तो अवस्थामा अन्तरिक्ष यानको इन्धन सबैभन्दा कम खपत हुन जान्छ। यो स्थानको नाम फ्रान्सेली गणितज्ञ लुइस लङरेन्जका नामबाट राखिएको हो। यो बिन्दुका विषयमा १८औँ शताब्दीमा उनले खोजी गरेका थिए।
यो अन्तरिक्षयानले सात पेलोड्स लिएर गएको छ। यसले सूर्यको बाहिरी सतहको अध्ययन गर्नेछ। यसलाई फोटोस्फेयर र क्रोमोस्फेयरको भनिन्छ।
आदि एल१ले इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिटेक्टरको माध्यमबाट सतहको उर्जा र अन्तरिक्षका हलचलहरूको अध्ययन गर्नेछ।
यसले मौसमको बारेमा अध्ययन गर्नेछ। यसले सोलर विन्ड अर्थात् सूर्यमा रहेको वायुमण्डको पनि अध्ययन गर्नेछ। लक्ष्यमा पुगेपछि यसले सूर्यलाई लगातार अध्ययन गरिरहनेछ।
इसरोका अनुसारयले अन्तरिक्षको मौसमबारे जानकारी दिन मद्दत गर्दछ। धेरै विकिरणलाई पनि यसका माध्यमबाट अध्ययन गर्न सकिन्छ।
भारत सरकारले सन् २०१९ मा यो प्रोजेक्ट सुरु गर्न इसरोलाई अनुमति दिएको थियो। यसको लागत ४ करोड ६० लाख अमेरिकी डलर रहने त्यसबेला अनुमान गरिएको थियो।
भारतीय स्पेस एजेन्सीले कुल खर्चको विस्तृत जानकारी दिएको छैन। यसलाई ५ वर्षसम्म अन्तरिक्षमा राखेर अध्ययन गर्न सक्ने बनाइएको छ।
डीप स्पेस मिसना लागि इसरोले कम खर्चिला रकेट पठाउँछ। अन्तरिक्षमा नै गुरुत्वाकर्षण बलको साहरा लिएर यसले यात्रा गर्न सक्ने गरी बनाइएको हुन्छ। गुरुत्वाकर्षण बललाई प्रयोग गरी यात्रा गर्न सक्ने यान बनाइएका हुनाले इसरोले पठाएका यानको गति कम भएकाले गन्तव्यमा पुग्न लामो समय लगाउँछन्। तर यसले खर्चको मात्रामा ठूलो कटौती गरिरहेको हुन्छ। यसै कारण कम खर्चमा पनि भारतले धेरै सफलता प्राप्त गरेको विश्लेषण गरिन्छ।
केही दिनअघि मात्र मानवरहित चन्द्रयान-३ चन्द्रमामा अवतरण गरेको थियो। चन्द्रमाको सतहमा अवतरण गर्ने देशको सूचीमा अमेरिका, रूस र चीनपछिको चौथो देश भारत बन्न गएको छ।
२०१४ सालमा मंगलको कक्षमा अन्तरिक्षयान पठाउने भारत पहिलो एसियाली देश बनेको थियो। अर्को वर्ष भारतले पृथ्वीको कक्षमा मानवीय अन्तरिक्षयान पठाउने योजना बनाइरहेको छ।


सबै तस्बिर : इसरो



