काठमाडौं–दोलखाको बाम्तीबाट काठमाडौं आउँदै गरेको स्कार्पियो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन्। बा१५च९३७० नम्बरको स्कार्पियो जिप लामोसाँघु–जिरी सडक खण्डको पाँचकिलो नजिकै शनिबार राती २ बजे दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका बलबहादुर खत्री रहेको ट्राफिक प्रहरीले बताएको छ। एमबी दुगड हाइड्रोको गाडी रामेछापको बाम्तीबाट काठमाडौं आउँदै गरेको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइतेको सदावहार अस्पतालमा उपचारपछि थप उपचारका लागि धुलिखेलमा पठाइएको छ। सडकबाट झन्डै ३ सय मिटर तल खसेको जिपमा सवार यात्रुलाई राती स्थानीयले उद्धार गरेका थिए।


