काठमाडौँ- काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा घाइते हुने व्यक्तिको संख्या १४ पुगेको छ। जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी ठोक्किँदा उनीहरू घाइते भएका हुन्।
आइतबार बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी १४ जना घाइते भएका छन्।
दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो।
प्रहरी प्रवक्ता ढुङ्गेलका अनुसार घाइतेमध्ये ८ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र ६ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।
बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


