काठमाडौँ– एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ।
वर्षापछि सुरु भएको खेलमा नेपालले सातौँ विकेटको क्षति व्यहोर्नुपरेको हो। श्रीलंकाको पल्लेकेले मैदानमा नेपालका पक्षबाट ब्याटिङ गरिरहँदा दीपेन्द्र सिंह ऐरीलाई हार्दिक पाण्ड्याले आउट गराएका हुन्। ऐरीले २९ रन बनाएर आउट भए।
भारतले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४२.१ ओभर ७ विकेटको क्षतिमा १९५ रन बनाएको छ।
सोमपाल कामीले २६ रन बनाएका छन्। सन्दीप लामिछानेले १ रन जोडेका छन्। उनीहरू दुवै नटआउट छन्।
नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनमा आउट भए। ओपनर कुशल भुर्तेलले ३८ रनमा आउट भए।
भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए। यी तीनै जनालाई भारतका रविन्द्र जडेजाले आउट गराएका हुन्।
गुलशन झा ३५ बलमा ३ चौकासहित २३ रनमा आउट भए।


