२०८३ कार्तिक १४ गते शुक्रबार

जिल्ला फर्क अभियान चलाउँदै चितवन कांग्रेस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २०
Nepali_Congress_

चितवन–कांग्रेस चितवनले जिल्ला फर्क अभियान थाल्ने भएको छ। चितवनमा घर भई स्थायी तथा अस्थायी बसोबास गरेकालाई जिल्लामा फर्काउने गरी अभियान सञ्चालन गर्न लागिएको हो।

कांग्रेस चितवनको २३ भदौ हुने जिल्ला सम्मेलनमा सभापति राजेश्वर खनाल सो विषयलाई नीति तथा कार्यक्रममा समावेश गर्ने तयारीमा छन्। उनका अनुसार सम्मेलनले अनुमोदन गरेसँगै अभियानका रूपमा बाहिरी जिल्लामा रहेका कांग्रेसका नेता, कार्यकर्तालाई जिल्ला फर्काउने गरी काम गरिनेछ।

उनले भने, ‘कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीलाई पार्टी र जनसम्पर्क समिति समन्वय गरी जिल्लामा फर्क अभियान कार्यक्रम सञ्चालन गर्छौं।’ आन्तरिक पार्टी सुदृढीकरणसँगै आमनागरिकको जनजीविकासँग जोडिएका विषयमा कांग्रेसलाई जोडेर संगठन सुदृढीकरण अभियानमा लाग्ने उनको भनाइ छ।

पार्टीले कांग्रेस वैदेशिक जनसम्पर्क समिति गठन गरी चितवन जिल्लामा स्थायी बसोवास भई अध्ययन तथा रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेकालाई जोड्ने योजना बनाएको छ। खनालका अनुसार पार्टी सदस्य तथा शुभेच्छुकलाई पार्टी र सङ्गठनमा जोड्ने उद्देश्यले वैदेशिक जनसम्पर्क समिति चितवन स्थापना गरी काम गर्ने योजना अघि सारिएको छ।

सम्मेलनमा संगठनात्मक सबलीकरणसम्बन्धी नीति, पार्टीको आन्तरिक व्यवस्थापनसँग सम्बन्धित नीति, अन्य राजनीतिक दलसँगको सहकार्य र सम्बन्धको नीति, विकास निर्माण तथा सामाजिक कार्यसम्बन्धी नीति, सहकारी तथा कृषिसम्बन्धी फरक फरक नीति सम्मेलनमा पेस गरिँदै छ।

पार्टीको १४औं महाधिवेशनमा रहेका क्षेत्रीय प्रतिनिधि सम्मेलनमा सहभागी हुँदैछन्। तत्कालीन समयमा दुई हजार ९ सय सात जना क्षेत्रीय प्रतिनिधि थिए। सम्मेलनमा सहभागी हुनलाई पार्टीको सदस्यता नवीकरण हुनुपर्ने उनले जानकारी दिए। यससँग भ्रातृ र शुभेच्छुक संस्थाका जिल्ला र केन्द्रका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन्।

सम्मेलनमा पार्टी सभापतिले नीति तथा कार्यक्रम, सचिवले साङ्गठानिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गरेसँगै बृहत् छलफल गरिने उनले बताए। ४१औं बिपी स्मृति दिवसका दिन ६ साउनदेखि क्रियाशील सदस्यता नवीकरण सुरु गरेको चितवन कांग्रेसले २७ साउनदेखि वडा सम्मेलनसँगै क्रमशः पालिका, प्रदेश, क्षेत्रको सम्मेलन सम्पन्न गरेको छ।–रासस

प्रकाशित: २०८० भदौ २० गते बुधबार ०८:५८
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना