काठमाडौँ- एसिया कपमा भारत र पाकिस्तानसँग क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय टोलीलाई विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको छ।
बुधबार दिउँसो श्रीलंकाबाट स्वदेश आइपुगेको टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो।
समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तानसँग पाकिस्तानकै मुल्तान रंगशालामा र भारतसँग श्रीलंकामा प्रतिस्पर्धा गरेको थियो। दुवै खेलमा नेपाल पराजित भयो।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि भारत र पाकिस्तानसँग खेल्न पाएको हो।










