२०८३ कार्तिक १२ गते बुधबार

यी हुन् पाल्पा सैनिक संग्रहालयका आकर्षण [तस्बिरहरू]

 |  मनिष अर्याल
Sanket

मनिष अर्याल

काठमाडौँ, भदौ २३
army_musiam-2

पाल्पा- नेपाली सेनाले २०७५ सालदेखि सुरु गरेको एकीकरण पदमार्ग कार्यक्रम अन्तर्गत सङ्ग्रहालय काठमाडौँबाहेक अन्य दुई स्थानमा बनाइएको छ। एउटा सिन्धुली गढी र अर्को पाल्पा दरबारमा सैनिक सङ्ग्रहालय बनाइएको हो।

पाल्पा दरबारमा अवस्थित सैनिक सङ्ग्रहालय २०७८ सालमा निर्माण कार्य सम्पन्न भई प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेपछि सर्वसाधारणलाई खुला गरिएको छ। लुम्बिनी प्रदेश स्तरीय पाल्पा दरबार सङ्ग्रहालय घुम्न आउन आन्तरिक तथा बाह्य पर्यटकलाई मध्य नजर गर्दै यो सङ्ग्रहालय स्थापना गरिएको हो।

यस सङ्ग्रहालयलाई मुख्य पाँच कक्षमा विभाजन गरिएको छ। नेपाली सेनाको इतिहासदेखि अहिलेसम्मका गतिविधि साथै सैन्य सामग्रीहरू सङ्ग्रहालयमा राखिएको छ। पहिलो अभिकलन कक्षमा नेपाली सेनाका पूर्व प्रधान सेनापतिदेखि अहिलेसम्म रहेका प्रधान सेनापति, राष्ट्र निर्माता, अतिरथी र परमाधिपतिहरूको तस्बिर र चित्रहरू राखिएको छ।

दोस्रो कक्षमा नेपालको एकीकरण र अङ्ग्रेज युद्धमा प्रयोग गरिएका पाल्पाका मुख्य नुवाकोट गढी, जितगढी, र वाकुम गढीको कलाकृति राखिएको छ। अर्को ऐतिहासिक शस्त्र अस्त्र कक्ष नाम दिइएको यो कक्षमा नेपाल एकीकरण र अङ्ग्रेज युद्धमा नेपाली सेनाले प्रयोग गरेको हात हतियारहरू राखिएको छ। भरुवा बन्दुकदेखि तोप, खुकुरीहरू सैनिक सङ्ग्रहालय छाउनी बाट ल्याएर राखिएको छ। पुरानासँगै अहिले प्रयोग हुने आधुनिक हात हतियारहरू पनि राखिएको छ। यससँगै पोसाक आभूषण, विभूषण कक्षमा नेपाली सेनाको स्थापनाकालदेखि प्रयोग गरिएको पोसाकसहित नेपाली सेनामा प्रयोग हुने दर्ज्यानी चिन्हहरू राखिएको छ।

पाँचौ कक्षमा नेपाली सेनाको अहिलेसम्मको योगदानहरूको भिडियो अडिटोरियममा देखाइन्छ। सबै कक्ष घुमेर आएर अन्तिम अडिटोरियममा सेनासम्बन्धी सामग्रीहरू देखाइने गरिन्छ। सैनिक सङ्ग्रहालय स्थापना पछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण झनै बढेको पाल्पा दरबार सङ्ग्रहालयले जनाएको छ। यहाँ आउने पर्यटकहरू सैनिक सङ्ग्रहालय अवलोकन पछि पुलकित हुने गरेका छन्।

पहिला दैनिक २०० पर्यटक पुग्ने पाल्पा दरबार सङ्ग्रहालयमा सैनिक सङ्ग्रहालय स्थापनापछि ४५० हाराहारीमा अवलोकन गर्न पुग्ने गरेको पाल्पा दरबार सङ्ग्रहालयका निमित्त प्रमुख चन्द्र ओलीले जानकारी दिए।

–नेपाल फोटो लाइब्रेरी

प्रकाशित: २०८० भदौ २३ गते शनिवार १२:२७
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना