काठमाडौं– गत ३ साउनमा त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको अवैध ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप तीन जनालाई पक्राउ गरेको छ।
सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नासुद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले बताए। त्रिवि भन्सारमा कार्यरत तीनै जनाको सुन तस्करीमा संलग्नता देखिएपछि पक्राउ गरिएको हो।
तीन जनासहित सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ। सुन तस्करी प्रकरणको अनुसन्धान अहिले राजस्व विभागले सीआईबीलाई सुम्पिएको छ।


