२०८३ कार्तिक १४ गते शुक्रबार

चार दशकदेखि बीपीकै नाममा खाली राखिएको कोठा…

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
bp ghar

चितवन-  प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ।

भरतपुर महानगर–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि बीपीकै सम्झनामा खाली राखिएको हो। त्यतिबेला बीपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ।

‘घर बनेपछि यो कोठामा बीपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन’, ९० वर्षीया गौरीदेवीले भनिन्। उनका श्रीमान् स्व. श्यामकृष्ण प्रधानसँग बीपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो। २००६ मा बन्दीपुरमा प्रधानको बीपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुन्जेलसम्म रहिरह्यो। गौरीदेवीले भनिन्, ‘अरु नेता आउँदा पनि बीपीको कोठामा कसैलाई पनि बस्न दिइएन।’ कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउँछिन्।

‘घर बनेदेखि बीपी यही घरमा बस्नुभएको हो’, गौरीदेवीले भनिन्। छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा बीपी सुतेको खाट अझै देख्न सकिन्छ।

रातो रङको यो घर २०२६ मा निर्माण भएको हो। घरको पहिलो तलामा आराम गरिरहेकी प्रधानले भनिन्, ‘बीपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ। ‘गिरिजा चिन्यौ? घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नू है।’ प्रधानको मामाको छोरा धर्मभक्त माथेमालाई राणाले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि बीपीप्रतिको श्रद्धा बढी भएको बताइन्। बीपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गथ्र्याे। कहिले के हुन्छ थाहा हुँदैनथ्यो। त्यो बेला सम्झँदै उनले भनिन्, ‘यही घरमा बसेर बीपीबाबुले राजनीतिक योजना पनि बनाउनुहुन्थ्यो।’

बीपी कति पटक घरमा आए, उनलाई यकिन सम्झना छैन। उनले भनिन्, ‘कति आउनुभयो आउनुभयो। चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा। यही बस्नुहुन्थ्यो ।’

सधैँ गाडीमा तेल श्यामकृष्णले भरिदिनुहुन्थ्यो। सादा खाना बीपीबाबुले खाने गरेको प्रधान बताउँछिन्। उनले भनिन्, ‘माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना खानुहुन्थ्यो। मैले सोध्ने गर्थें, –बीपीबाबु के खाने? तपाईंले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो।’ बीपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ।
जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न यही घरमा आउने गरेको उनले स्मरण गरिन्। साँझ बीपी भन्नुहुन्थ्यो, ‘जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ।’ बीपी हुँदै गर्दा विवाहको घरजस्तै हुने गरेको उनले बताइन्।

थोरै खाने चिटिक्क परेर हिँड्नुपर्ने बीपीको स्वभाव थियो। प्रधानले भनिन्, ‘मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेऊ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो।’ बीपी बिरामी परेपछि श्यामकृष्णको परिवार निकै चिन्तित बन्यो।

तनहुँ र चितवनमा महिला संघ स्थापना गरेकी प्रधानले विपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक संकलनसमेत गरिन्। उनले भनिन्, ‘मैले बजार घुमेर आर्थिक संकलन गरें। म आफूले त दिने नै भएँ, अरुले पनि दिए।’

बीपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो। पछिल्ला वर्षहरूमा नेताहरू त्यति पुग्दैनन् । बीपीको देहवसानपछि देश उँभो लाग्न नसकेको प्रधानको निष्कर्ष छ।

उनले भनिन्, ‘कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन।’ साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘बीपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे। बीपीजस्तो नेता न कांग्रेसले जन्मायो, न त देशले जन्मायो?’ ससुरा लालप्रसाद खरदार जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ।

गौरीदेवीलाई बीपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि सान्दाजुको झल्को आउँछ। राती अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर गएको स्मरण उनमा अहिले पनि ताजै छ।

गौरीदेवीका कान्छा छोरा सुवोध प्रधानलाई बाल मानसपटलदेखि बीपीको स्मरण ताजा छ। बीपी चितवन आउँदै गर्दा बुबा श्यामकृष्णले ल्यान्डओभर गाडीमा बीपीलाई सँगै राखेर गाउँ डुलाएको उनी सम्झन्छन्। गाडी पछिपछि नेविसंघका विद्यार्थी हुने भए पनि के हुन्छ भन्ने भर थिएन। ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गथ्र्याे। १२–१३ वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै उनले भने, ‘बीपी हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो। उहाँको निधन हुँदा मेरो दाइ सुवास प्रधानले कपाल खौरिनुभएको थियो।’

आफ्नो घरमा बीपी आउँदा घरवरिपरि खाकीका कपडा लगाएर प्रहरीले घेरेको उनलाई ताजै छ। उनले भने, ‘म घरको कौशीमा लुकेर खाकी लगाएका प्रहरी हेर्थें।’ सबैले बीपीलाई निकै मान्ने आफूले पाएको उनले बताइन्। उनले भने, ‘सबैले देवताजस्तै गरी सम्मान गर्थें।’

-रासस

प्रकाशित: २०८० भदौ २४ गते आईतबार ०८:५३
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना