काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)ले फोरजी सेवा विस्तार गरेसँगै मोबाइल फोनमा प्रयोग गर्न मिल्ने उच्च गतिसहितको आकर्षक डाटा प्याकेज ल्याएको छ। पछिल्लो समय स्मार्टफोन र इन्टरनेटको बढ्दो मागलाई सम्बोधन गर्न टेलिकमले सुपथ मूल्यमा उच्चस्तरीय सेवासहितका विभिन्न डाटा प्याकेजहरु सार्वजनिक गर्दै आएको छ।
नेपाल टेलिकमले विभिन्न दर र मूल्यका डाटा प्याक उपलब्ध गराइरहेको छ। दैनिक र मासिक मात्र होइन, एक घण्टाका लागि मात्र प्रयोग गर्न सकिने डाटा प्याकेजको सेवा पनि टेलिकमले उपलब्ध गराइरहेको छ।
त्यसैगरी डे र नाइट डाटा प्याक तथा अन्य विभिन्न प्याक उपलब्ध छन्। २० रुपैयाँमा एक घण्टा अनलिमिटेड प्रयोग गर्न सकिने डाटा प्याकदेखि विभिन्न प्रकारका कम्बो प्याक समेत उपलब्ध छन्। हाल नेपाल टेलिकमले समर अफर २०८० अन्तर्गत यस्ता विभिन्न प्याक उपलब्ध गराइरहेको छ।
समर अफर अन्तर्गतका विभिन्न विभिन्न डाटा प्याक टेलिकमले उपलब्ध गराइरहेको छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिदसमेत गर्न सकिने व्यवस्था छ।
डाटा प्याकको प्रयोग किन बढ्दैछ?
स्मार्टफोन प्रत्येक नेपालीको हातहात सजिलै उपलव्ध भएपछि इन्टरनेटको प्रयोग तीव्ररुपमा बढ्दै गएको छ। बढ्दो इन्टरनेटको माग नेपाल टेलिकम तथा निजी क्षेत्रबाट संचालिन एनसेल लगायतका दुरसंचार सेवाप्रदायक कम्पनी र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरुले उपलव्ध गराउँदै आएका छन्।
फिक्सड ब्रोडब्याण्ड अन्तर्गतका इन्टरनेट सेवाहरु सबै स्थानमा सजिलै उपलव्ध नहुने भएकाले पछिल्लो समय डाटा प्याकको प्रयोग बढ्दो छ। अन्य इन्टरनेट सर्भिस प्रोभाइडरहरुले डाटा प्याक सजिलै उपलव्ध गराउन नसक्ने भएकाले सेवाग्राहीहरु दुरसंचार सेवा प्रदायक टेलिकममाथि निर्भर छन्। दुरसञ्चार कम्पनीहरुमध्ये पनि नेपाल टेलिकमले सर्वसुलभ र सस्तो दरमा डाटा प्याक उपलब्ध गराउने भएकाले यसमा ग्राहकहरुको आकर्षण बढी छ।
सामाजिक सञ्जाल चलाउनका लागि डाटा प्याक किन्नेहरू बढी छन्। फेसबुक, ट्विटर, युट्युव, वाटसएप, टिकटकलगायतका सञ्जाल चलाउनका लागि नेपालीहरुले अधिकांश डाटा खर्चने गरेका छन्। घरबाहिर र विदेशमा आफन्त हुने नेपालीहरुले कुराकानी गर्नका लागि म्यासेजिङ एपहरूमा बढी डाटा खर्चने चलाउने गरेका छन्।
ग्राहकको रुचि र आवश्यकताअनुसारका प्याक भएकाले डाटा किन्नका लागि नेपालीको खर्च बढ्दै गएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन्। यसका साथै मूल्य पनि घटाएर ल्याइएकाले नेपाल टेलिकमका डाटा प्याक किन्न उपभोक्ता नहिचकिचाउने अधिकारीको भनाइ छ।
‘हामीले विभिन्न ‘भेराइटी’ डाटा प्याक ल्यायौं। डाटाको प्याक ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै टेलिकमले डाटा प्याक निर्धारण गरेको छ। त्यो सँगसँगै कोही ग्राहक डाटा मात्र चलाउने हुन्छ, उसले डाटा प्याक मात्र किन्छ। कोही भ्वाइस कलसँगै डाटा पनि प्रयोग गर्छन्। त्यस्ता ग्राहकलाई टेलिकमले कम्बो प्याकलगायत अन्य विभिन्न प्याकहरु ल्याएको छ,’ उनले भने, ‘त्यसकारण, हाम्रो डाटाको खपत चाहिँ बढ्दै गएको छ।’
पछिल्लो पटक आएको सोसल मिडिया प्याक लोकप्रिय रहेको उनले बताए। ग्राहकले धेरै सोसल मिडिया प्रयोग गर्ने भएकाले त्यो प्याकेज ल्याएको उनको भनाइ छ। अर्को, दिनभरीका लागि छोटो समयको लागि डाटा प्याक छ। उनका अनुसार अल टाइम डाटा प्याक, सजिलो डाटा प्याक, बढी भोल्यूममा डाटा र भ्वाइसक कल प्रयोग गर्नेहरुका लागि कम्बो डाटा प्याक उपयोगी हुन्छ। पोस्टपेड ग्राहकका लागि कम्बो डाटा प्याक बढी उपयोगी हुन्छ। किनकि, कम्बो प्याकमा पोस्टपेकका ग्राहकले तिर्ने रेन्टल चार्ज पनि त्यसैअन्र्तगत समावेश हुने पनि अधिकारीले बताए।
नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य अहिलेको बजार शृंखला नै भ्वाइसबाट डाटामा सिफ्ट भइरहेकाले डाटा प्याकको प्रयोग बढ्दै गइहेको बताउँछन्। ‘अहिलेको बजार शृंखला नै भ्वाइसबाट डाटामा सिफ्ट भइरहेको छ। यो कुरालाई कसैले नकार्न सकिँदैन। अपरेटरले पनि यहीँ चीजलाई आत्मसात गरेर आफ्नो योजना तद्नुरुप बनाउनुपर्छ,’ उनी भन्छन्।

डाटाको प्रयोगमा धेरै खालका सुविधा पाइने भएकाले पनि मानिसहरू भ्वाइसमा भन्दा बढी डाटा प्याकतिर आकर्षिक भएको उनको भनाइ छ। ‘कल गर्दा हामीले प्रतिमिनेटका दरले चार्ज तिर्नुपर्छ भने डेटामा अनलिमिटेड कुराकानी गर्न सकिन्छ। डेटा लिइसकेपछि धेरै खालका प्रविधि लगइन गरेर हेर्न सकिने भयो। इन्टरनेट चलाउन, भिडियो हेर्न, सूचना तथा जानकारी सेयर गर्न, गेम हेर्नलगायत यावत कुरा गर्न सकिने भयो,’ उनी थप्छन्, ‘अहिले विस्तारै मान्छेले भ्वाइसमा धेरै कुरा गर्नुभन्दा पनि म्यासेजिङ र डेटा प्रयोग बढ्दै गएको छ। त्यसकारण भ्वाइसप्रतिको आकर्षण घटेकै हो। पहिलाजस्तो अवस्था छैन।’
टेलिकमका लोकप्रिय डाटा प्याक
पछिल्लो समयमा प्रिपेड तथा पोस्टपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने सजिलो अनलिमिटेड डाटा प्याक अधिकांश ग्राहकले रुचाएका छन्। जसमध्ये ६३६, ७९९ र ९९९ प्याकेजहरु बढी लोकप्रिय छन्।
२८ दिनका लागि उपलब्ध हुने यी प्याकेज अन्तर्गत सजिलो अनलिमिटेड ६३६ पोस्टपेडमा प्रयोग गर्न सकिनेछ। यसमा आफ्नै नेटवर्क (अननेट)मा अनलिमिटेड र अन्य नेटवर्क (अफ–नेट) मा १५० मिनेट कल गर्न सकिने सुविधा छ। यसका साथै सबै नेटवर्कमा (अलनेट) २०० एसएमएस पठाउन सकिन्छ। त्यसरी ९ जीबीसम्म डाटा प्रयोग गर्न सकिन्छ।
अन्य दुई प्याकेजमा भने सबै नेटवर्क (अलनेट)मा अनलिमिटेड कल गर्न पाइन्छ। यसका साथै ७९९ रुपैयाँको प्याकेजमा प्रतिदिन १ जीबी डाटा प्रयोग गर्न सकिन्छ। यस्तै ८९९ रुपैयाँमा पाइने प्याकमा भने प्रतिदिन २ जीबीसम्म डाटा चलाउन सकिने सुविधा छ। त्यस्तैअनुसार क्रमशः २०० र ४०० अलनेट एसएमएस पठाउने सुविधा पनि छ।
पछिल्लो समयमा इन्टरनेट चलाउनेको संख्या बढ्दै गएको छ। देशभरमा टेलिकमका डाटा सेवाका प्रयोगकर्ताका पनि उसैगरी बढिरहेका छन्। पछिल्लो समय यस्तो प्रयोगकर्ता २ करोड १४ लाखभन्दा बढी पुगेको कम्पनीले जानकारी दिएको छ।

टेलिकमको कुल डाटा सेवाग्राहीमध्ये ९७.९८ प्रतिशत जीएसएम (सिमकार्ड) प्रयोगकर्ता हुन्। टेलिकमको जीएसएम प्रयोगकर्ताले डाटा खरिद नगरी सोझै इन्टरनेट चलाउँदा निकै महँगो पर्छ। तर, डाटा प्याकबाट इन्टरनेट प्रयोग गर्दा सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेटको मज्जा लिन सक्ने व्यवस्था छ। टेलिकमले आफ्ना पोस्टपेड र प्रिपेड सिमकार्ड प्रयोगकर्तालाई सुपथ मूल्यमा आकर्षक इन्टरनेट डाटा प्याकेज सेवा उपलब्ध गराउँदै आएको छ।
पोस्टपेड अन्तर्गतका डाटा प्याकहरु
नेपाल टेलिकमले पोस्टपेड र प्रीपेडटका लागि छुटाछुट्टै डाटा प्याक ल्याउँदै आएको छ। पोस्टपेडको अलटाइम डाटा प्याक अन्तर्गत ३० रुपैयाँ १ जीबी डाटा दिनभर प्रयोग गर्न सकिन्छ। दैनिक १ जीबीभन्दा बढी डाटा उपयोग गर्ने ग्राहकले ४० रुपैयाँमा २ जीबी र ५० रुपैयाँमा ४ जीबी डाटा लिन सक्छन्।
पोस्टपेड अन्तर्गत टेलिकमले ३० दिनको अवधि राखेर कम्बो क्याकेजको अफर पनि ल्याएको छ। जसमा ५९९ देखि १४९९ सम्मका डाटा प्याक छन्। भ्वाइस कल, डाटा र एसएमएसको सुविधा यस्ता प्याकमा हुन्छन्। सजिलो अनलिमिटेड डाटा एण्ड भ्वाइस प्याक अन्तर्गत ६३६ रुपैयाँको प्याकेजमा नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल, ९ जीबी डाटा र १५० अननेट एसएमएस सेवा प्राप्त गर्न सकिन्छ।
यस्तै, ७९९ को प्याकेजमा सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल, प्रतिदिन १ जीबी डाटा र सबै नेटवर्कमा २०० वटा एसएमएस गर्न सकिन्छ।
९९९ को प्याकेजमा सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ४०० अलनेट सुविधा प्राप्त गर्न सकिन्छ।
१४९९ को प्याकेजमा सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल, प्रतिदिन ४ जीबी डाटा र अलनेटमा १ हजार एसएमएसको सुविधा रहेको छ।
समर प्याकेज अन्तर्गतको अलटाइम डाटा प्याकमा ७ दिनका लागि ९८ रुपैयाँ २.५ जीबी, १ दिनका लागि २५ रुपैयाँमा ५०० एमबि डाटा, एकदिनका लागि ४५ रुपैयाँमा डेट जीबी डाटा, २९० रुपैयाँमा २८ दिनका लागि ५ जीबी डाटा प्राप्त गर्न सकिन्छ। यस्तै ३ दिन अवधिको २.५ जीबी डाटा ७५ रुपैयाँमा प्राप्त गर्न सकिन्छ। ८०० रुपैयाँमा २८ दिनका लागि ३५ जीबी डाटा प्याकेज समेत टेलिकमले उपलव्ध गराइरहेको छ। यस्तै एकदिनका लागि ४९ रुपैंयाँमा १ एमविपिएस डाटा समेत टेलिकमले दिदै आएको छ। यस्तै २४ घण्टाका लागि ५५ रुपैयाँमा २.५ जीबी डाटा, २८ दिनका लागि ५०० रुपैयाँमा २० जीबी डाटा र एकदिनका लागि १५ रुपैयाँमा २०० एमबि डाटा टेलिकमले उपलव्ध गराउँदै आएको छ।
यस्तै पोस्टपेट सेवाग्राहीले टेलिकमले राति ११ बजेदेखि विहान ६ बजेसम्मका लागि वाननाइट अनलिमिटेड डाटा प्याक २० रुपैयाँ उपलव्ध गराउँदै आएको छ। सोही समयमा १५ रुपैयाँमा नै १ जीबी डाटा खरिद गर्न सक्ने सुविधा टेलिकमले दिएको छ। यस्तै २९९ रुपैयाँको प्याकेजमा सेवाग्राहीले डाटा खरिद गरेमा प्रत्यकदिन ७०० एमबि डाटा प्राप्त गर्नसक्छन्।
प्रीपेड डाटा प्याकेज
प्रीपेड डाटा प्याक अन्तर्गत सजिलो अनलटाइम डाटामा प्याकमा ३० रुपैयाँमा नै २४ घण्टाका लागि १ जीबी डाटा खरिद गर्न सक्छन्। यस्तै ४० रुपैयाँमा २ जीबी डाटा प्याक ग्राहकले प्राप्त गर्छन्। यस्तै ५० रुपैयाँमा २४ घण्टाका लागि ४ जीबी अनलटाइम डाटा प्याकेज प्रीपेड सेवाग्राहीले पनि प्राप्त गर्ने सुविधा टेलिकमले दिएको छ। यस्तै जीएसएम प्रीपेड कम्वो प्याकेज अन्तर्गत प्रीपेड सेवाग्राहीले २८ दिनका लागि रु १९९ देखि रु ६९९ सम्मको प्याकेज खरिद गर्ने सुविधा दिएको छ।
रु १९९ को प्याकेज अन्तर्गत प्रतिदिन १५ मिनेट अलनेट भ्वाइस कल, १५० एमबि डाटा र १५ अलनेट एसएमएस सुविधा रहेको छ। यस्तै ३४९ को प्याकेजमा ५० मिनेट अलनेट भ्वाइकल, ५०० एमबि डाटार ५० अलनेट एसएमएस सेवा प्रतिदिन प्राप्त गर्न सक्छन्।
रु ४९९ को २८ दिने यस प्याकेज अन्तर्गत प्रत्येक दिन ७० मिनेट अलनेट भ्वाइस कल,७०० एमबि डाटा र ७० मिनेट अलनेट एसएमएस सुविधा प्राप्त गर्न सकिन्छ।
रु ६९९ को प्याकेज अन्तर्गत २८ दिनसम्म प्रत्येक दिन १०० मिनेट अलनेट भ्वाइस कल, १ जीबी डाटा र १०० अलनेट एसएमएस सेवा उपलब्ध गराएको छ।
यस्तै प्रीपेड सजिलो अनलिमिटेड प्याक अन्तर्गत ५९९ देखि १४९९ सम्मको प्याकेज खरिद गर्न सकिन्छ। जसमा ५९९ रुपैयाँमा अनलिमिटेड भ्वासकल वा प्रतिदिन १.५ जिबि डाटा प्राप्त गर्न सकिन्छ। उक्त प्याक २८ दिनसम्मका लागि उपलव्ध हुने टेलिकमले जनाएको छ। रु १४९९ को २८ दिने प्याकेज अन्तर्गत अनलिमिटेड अलनेट भ्वाइसकल, प्रतिदिन ४ जीबी डाटा र १ हजार अलनेट एसएमएस सेवा प्राप्त गर्न सकिन्छ।
यस्तै, रु७९९ को प्याकेजमा अनलिमिटेड अलनेट भ्वाइसकल, प्रतिदिन १ जीबी डाटा प्याक र अलनेट २ सय एसएमए सेवा उपलव्ध रहेको छ।
रु ९९९ को प्रीपेड सजिलो अनलिमिटेड प्याक अन्तर्गत अनलिमिटेड अलनेट भ्वाइसकल, प्रतिदिन २ जीबी डाटा प्याक र ४०० अलनेट एसएमएस सुविधा प्राप्त गर्न सकिन्छ।
समर प्याकेज अन्तर्गत पोस्टपेट सिम प्रयोगकर्ताले झै प्रीपेड सिम प्रयोगकर्ताले पनि डाटा प्याक खरिद गर्न सक्छ। जसमा १५ रुपैयाँदेखि ८०० रुपैयाँसम्मका डाटा प्याकेजहरु सेवाग्राहीले खरिद गर्नसक्ने छन्। यस्तै स्टे कनेक्ट अफर अन्तर्गत टेलिकमको सिम प्रयोगकर्ताले १००, १३० र २०० रुपैयाँसम्मको प्याकेज खरिद गर्नसक्छ। जसअन्तर्गत फोरजी नेटवर्कमा ३ जीबी र अलनेटवर्कमा २ जीबी डाटा ५ दिन अवधिका लागि १०० रुपैयाँ प्राप्त गर्नसक्छन्।
यस्तै ५ दिन अवधिकै १३० रुपैयाँमा फोरजी नेटवर्कका लागि ४ जीबी, एलनेटवर्कका लागि २ जीबी र १५० मिनेट अननेट भ्वाइकल सुविधा रहेको छ। यस्तै २०० रुपैयाँमा ७ दिन अवधिको ३ जीबी अलनेटवर्क र ९ जीबी फोरजी नेटवर्कमा पाउने सविधा टेलिमकले प्रीपेड सिमका प्रयोगकर्तालाई पनि उपलव्ध गराउँदै आएको छ। यस्तै टेलिकमले सुपथ मूल्यमा फोरजी अफर डाटा प्याक, अनलिमिटेड फेसबुक तथा युट्युव, प्रतिघण्टाका लागि अनलिमिटेड वायरली प्याक र डे डाटा प्याक उपलव्ध गराउँदै आएको छ।


