काठमाडौँ- धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाको घर अज्ञात समूहले तोडफोड गरेका छन्।
धरान-१५ खिरिया बस्तीमा रहेको घरमा आक्रमण हुँदा झ्यालको सिसा फुटेको छ। बेघाका भाइ विष्णुलाई आक्रमण गर्न आएको समूहले तोडफोड गरेको बताइएको छ।
प्रहरीले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी भइरहेको बताएको छ।


