नेदरल्यान्डस्- नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति नेदरल्यान्डसले सहरी विकासमन्त्री सीता गुरुङसँग छलफल गरेको छ। बीपी ११०औँ जन्मजयन्तीको उपलक्ष्यमा समितिले छलफल कार्यक्रम गरेको हो।
समितिका अध्यक्ष सालिक गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री गुरुङले मन्त्री गुरुङले समाजवादको मुख्य आधार खुल्ला अर्थतन्त्र र खुला बजार भएको र यो नै बीपीको सिद्धान्त भएको बताइन्। देशबाहिरै बसेका सबै नेपालीहरुले एकताबद्ध भएर समन्वय, सहकार्य र दबाब लाई पनि एउटै रुपबाट अगाडि बढाउन उनको सुझाव थियो।

कार्यक्रममा एनआरएनए केन्द्रीय उपाध्यक्ष नारायण आचार्य, जनसम्पर्क सम्पर्क समितिका पूर्वअध्यक्षसमेत रहेका एनआरएनए नेदरल्याण्ड्सका पूर्वअध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि), जनसम्पर्क समिति नेदरल्यान्डसका निवर्तमान अध्यक्ष प्रेमजंग गुरुङ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशी पौडेललगायतको उपस्थिति उपस्थिति थियो।
यस्तै, एनआरएनए नेदरल्याण्ड्सका निवर्तमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य मिम पुर्जा, एनआरएनए नेदरल्याण्ड्सका अध्यक्ष थानेश्वर कँडेल, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव द्रोण रिजाल, नेपाली व्यवसायी संघ नेदरल्यान्डसका अध्यक्ष अमिर देवकोटा, जन प्रगतिशील मञ्चका अध्यक्ष अमिर गुरुङ, व्यवसायी कल्पना कुँवर देवकोटालगायतको उपस्थिति थियो।


