काठमाडौँ– काठमाडौँ महानगरपालिकाविरुद्ध चमेली समूह अभियान सुरु गर्ने स्वतन्त्र युवा ईले ७७ घण्टा उभिएर विरोध गर्ने भएका छन्। उनले मंगलबार विरोध कार्यक्रम सुरु गरिसकेका छन्। उनलाई सौरभ न्यौपानेले पनि साथ दिएका छन्।
फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ईले आन्दोलन सुरु गरेका हुन्।
मंगलबार दिउँसो १ बजेदेखि उनी राष्ट्रिय सभागृह अगाडि उभिन थालेका हुन्। ईले शुक्रबार साँझ ६ बजेसम्म महानगरपालिका अगाडि यसरी नै उभिने बताएका छन्।












