काठमाडौँ– काठमाडौँ उपत्यकामा पहिलोपटक द्रुत बस सेवा भएको छ। काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन्।
द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क रुटमा चल्ने छ। बुधबार उद्घाटन भएपनि बिहीबारदेखि सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने छन्।
रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ। द्रुत बस सेवामा पनि साधारण भाडादर लाग्नेछ।
द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक ५-५ मिनेटको फरकमा छुट्नेछन्। ती बसका लागि छुट्टै लेन तोकिएको छ। बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ।










