काठमाडौँ- देशभरबाट आएका शिक्षकहरुले राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। सरकारले संसद सचिवालयमा दर्ता गराएको विद्यालय शिक्षा विधेयक, २०८० को विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षक आन्दोलनमा होमिएका हुन्।
आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन्।
महासङ्घले विधेयकप्रति विभिन्न १८ बुँदे असहमति राखेको छ। सरुवाबढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग मुख्य छन्।
माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ। महासंघका अनुसार बुधबार माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँबानेश्वरतर्फ लागेको थियो।
संसद भवनतर्फ अघि बढेको विरोध प्रदर्शनलाई प्रहरी नयाँ बानेश्वर चोक नपुग्दै नै रोकेको थियो।














