काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। बिहीबार देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।
मनोनित हुनेमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनीलकुमार रुंगटा (पर्सा) छन्।
१४औँ महाधिवेशनपछि देउवाले पछिल्लो पटकको समेत गरी ३१ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेका हुन्।
३३ जना केन्द्रीय सदस्य थप गर्ने अधिकार देउवालाई विधानले दिएको छ। देउवाले अब दुई जनालाई केन्द्रीय सदस्य बनाउन पाउँछन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम देउवाले केन्द्रीय सदस्यहरूमा मनोनयन गरिएको कांग्रेस कार्यालयले जानकारी दिएको छ।



