टेक्सास– दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्नेहरूको संख्या बढ्द गएको छ। सेप्टेम्बर महिनामा त रेकर्डकै नजिक पुगेको अमेरिकी अधिकारीहरूले बताउने गरेका छन्।
यसरी जोखिमपूर्ण रूपमा सीमा पार गर्न खोज्दा थुप्रैको ज्यानसमेत जाने गरेको छ। मेक्सिको र अमेरिकाको सीमामा रहेको रियो ग्रान्डी नदी पार गरी थुप्रै देशबाट आएकाहरू अमेरिका प्रवेश गर्ने गरेका छन्।
अमेरिका पट्टीको नदी किनाराको भागमा काँडेतार लगाइएको छ। उक्त तार क्रस गर्न पनि कम जोखिमपूर्ण छैन। तर यस्तो जोखिम मोलेर हजारौँ व्यक्तिहरू अमेरिकातिर प्रवेश गर्ने गरेका छन्।

अमेरिका छिर्न रियो ग्रान्डी नदी तर्दै। तस्बिर : इरिक गे/एपी
यस्तै अमेरिकी अधिकारीहरूले दुई जनाको शव पनि फेला पारेका छन्। ती शवहरू नदी पार गर्ने क्रममा पानीले बगाएर मृत भएका व्यक्तिको आकलन छ। बर्सेनि सयौँ मानिसको सीमा क्षेत्रको जोखिम पार नगर्दै मृत्यु हुने गरेको छ।

काँडेतार। तस्बिर : इरिक गे/एपी
अमेरिका र मेक्सिकोको सीमा ३ हजार २ सय १८ किमि छ। सेप्टेम्बर महिनाको २० दिनमा मात्र अमेरिका छिर्न चाहने झन्डै १ लाख ४० हजारलाई होल्ड गरिएको अमेरिकी सीमा सुरक्षासम्बन्धी काम गर्ने इन्टरनल कस्टम एन्ड बोर्डर पेट्रोलले जानकारी दिएको छ। बुधबार मात्र ९ हजार जनाले प्रोसेस गरेका छन्। यो मे महिनायताकै सबैभन्दा बढी हो। यसरी अमेरिका प्रवेश गर्न चाहनेको संख्या बढेपछि टेक्सासलाई कानुनी चुनौती खडा भएको छ।
सीमामा आउनेहरूको संख्या बढेपछि सानो सहर इगल पासमा आपत्कालीन अवस्था घोषणा गरिएको छ।

रियो ग्रान्डी नदी किनारमा घस्रिएर जाँदै। तस्बिर : इरिक गे/एपी

काँडेतारबाट छिर्ने ठाउँ खोज्दै। तस्बिर : इरिक गे/एपी

बच्चा बोकेर रियो ग्रान्डी नदी तर्दै। तस्बिर : इरिक गे/एपी


