२०८३ कार्तिक १५ गते शनिवार

फेरि लड्न परे, लडिन्छ तर सहिँदैन : विप्लव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ६
Netra Bikram Chand Biplop

काठमाडौँ- नेकपा विप्लवका महासचिव नेत्रविक्रम चन्द विप्लवले, तत्कालीन विद्रोहमा सामेल भएकाहरुलाई अपराधीकरण गरे फेरि युद्ध लड्ने चेतावनी दिएका छन्।

जनअधिकार अभियान नेपालको आठौं वार्षिक साधारणसभा एवं प्रगतिशील कानुन व्यवसायी एसोसियसन दोस्रो राष्ट्रिय सम्मेलन तथा संयुक्त उद्घाटन समारोहमा उनले परिर्वतनका लागि लड्नेहरुलाई दोषारोपण गरे फेरि लड्न तयार रहेको चेतावनी दिएका छन्।

‘जसले गर्दा देश आज यहाँ आईपुगेको छ। उनीहरुलाई अपराधीकरण गरेर, पूर्वाग्रह राखेर, सामान्य कार्यकर्तादेखि कमान्डरसम्मलाई दोषारोपण गरिन्छ भने त्यसको प्रतिवाद हामी गर्छौ। फेरि लड्न परे लडिन्छ तर सहिँदैन,’ उनले भने।

उनले १० वर्षे शसस्त्र आन्दोलनलाई विभिन्न नाम दिने गरिएको भन्दै त्यसलाई उचित मुल्याङ्कन गर्न माग गरे।

उनले भने, ‘पहिलो न्याय १० वर्षे जनयुद्धलाई हुनुपर्यो, त्यो क्रान्ति हो कि होईन त्यसको न्वारन हुनु पर्यो। त्यो उग्रवादी समूहले लडेको लडाई हो की नेपाली जनताले लडेको लडाँई हो। के हो त्यही लेख्नु पर्छ। जसले गर्दा देश आज यहाँ आईपुगेको छ।’

संसद भ्रष्टाचारीको अखडा बनेको उनको आरोप छ।

‘संसद गफ गर्ने, जनतालाई ठक्ने, नक्कली कुरा गर्ने ठाँउ, तस्करहरुको अखडा हुनुु भएन, भ्रष्टाचारीहरुको अखडा हुनु भएन, तर संसदले संविधानलाई कार्यान्यवन हुने तहमा ल्याउनु पर्छ,’ संविधान तुलनात्मक रुपमा प्रगतिशील रहेको बताएका विप्लवले थपे, ‘यो संविधानको अनुसन्धान भनेपनि यसको निमार्ण भनेपनि १० वर्षको जनयुद्धको लडाई, बलिदान, त्याग, अनुसन्धानसँग जोडिएको संविधान यो जरुर हो। त्यसकारण यो संविधान स्वभाविक ढङ्गले विगतका संविधानभन्दा प्रगतिशिल छ र क्रान्तिकारी छ।’

उनले संविधानमा भएको हरेक कानून व्यवहारमा व्यक्त हुनुपर्ने भन्दै यस्तो नभए संविधान कागजको खोस्टोबाहेक केही नरहने बताए।

‘संविधान भनेको जनता, देश, परिस्थिति हो, यदि यसलाई जनतासँग अलग गर्ने हो भने त्यसको औचित्य समाप्त हुन्छ। नेपाली जनता र देशमा यो संविधान कति प्रतिबिम्वित भएको छ र यसले जनता र समाजलाई कति समातेको छ,’ उनले भने, ‘त्यसका आकांक्षा चहानाहरुलाई प्रतिनिधित्व गर्ने कसरी गरेको छ। त्योसँग जोडेर हेर्नुपर्छ त्यो हिसाबले यो संविधान ठिक छ तर जनताले जस्तो खालको संविधानको आशा राखेका थिए। त्यो पूरा हुन सकेको छैन्। यो संविधान अपूर्ण छ, यसलाई विकास गरेर पूर्णता दिएको संविधानको माग छ र त्यो पनि समयसापेक्ष हुनुपर्छ।’

उक्त कार्यक्रममा जनअधिकार अभियान नेपाल प्रगतिशील कानून व्यवसायी एशोसियसन अध्यक्ष एवं वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नागरिक अगुवा डा.सुन्द्रर मणि दिक्षित, मावनअधिकारकर्मी चरण प्रसाईं, अधिवक्ता शिव रेग्मी, प्रगतिशील कानुन व्यवसायी एशोसियसन सचिव एवं अधिवक्ता देवि भण्डारी, नेकपा बिप्लव स्थायी कमिटी सदस्य कर्णजित बुढाथोकी (सुशील) लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २०८० असोज ६ गते शनिवार ०६:०६
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना