२०८३ कार्तिक ११ गते मङ्गलबार

हङकङबाट सञ्चालित फिफिएको सञ्जाल नेपालभरि, अर्बौं विदेशिएको आशंका

 |  खिलानाथ ढकाल
Sanket

खिलानाथ ढकाल

काठमाडौँ, असोज ८
Sherpa

काठमाडौं- गत शुक्रबार भोजपुर हतुवागढी गाउँपालिका-६ घर भई टोखा नगरपालिका-६ बस्ने २८ वर्षीया दादिकी शेर्पा राई पक्राउ परिन्।

उनीमाथि उजुरीकर्ताको आरोप थियो – फिफिए एप्स प्रयोग गरी ११ लाख २७ हजार रुपैयाँ ठगी गरिन्।

पुग-नपुग तीन महिनामा राईले यतिको रकम ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरीको यस्तो युनिट हो, जहाँ ठूल्ठूला अपराधबाट पीडित भएकाहरू न्याय माग्दै आउँछन्। दादिकी शेर्पा संलग्न अपराधको सञ्जाल सानो छैन। यो नेपाली अर्थतन्त्रलाई चुनौती दिने प्रकृतिको छ।

फिफिए के हो भन्ने कुरा प्रहरीलाई सुरूमा थाहा नै भएन। तर, राईलाई पक्राउ गरेर अनुसन्धान सुरू गरेपछि भने फिफिएले नेपालको अर्थतन्त्रमै ‘सन्त्रास’ दिने गतिविधि गरिरहेको अनुसन्धानको निष्कर्ष छ।

के हो प्रकरण?
प्रहरीका अनुसार राई सुरूमा फेसबुक, ह्वाट्सएप र भाइबरजस्ता सामाजिक सञ्जालको प्रयोग गरी मानिसहरूलाई कन्ट्याक्टमा ल्याउँथिन्। जिमेल आइडी, फेसबुक, ह्वाट्सएपबाट कन्ट्याक्ट आइडी पठाउँदै फिफिएको लिंक इन्स्टल गर्न लगाउँथिन्।

उनले फिफिएको लिंक्स पठाएर कम्तीमा एक हजार बढीलाई साथी बनाएर कारोबार गरिन् भन्ने प्रहरीको अनुमान छ। राईकै ह्वाट्सएपका अन्य १५ वटा ग्रुप देखिएका छन्। यस हिसाबले उनले १५ हजारको संख्यामा फिफिएलाई जोडिन् भन्ने अनुमान हो।

राईमाथि अहिले अनुसन्धान जारी छ। उनी फिफिएकी एउटी प्रतिनिधि मात्रै हुन् भन्ने अनुसन्धानको निष्कर्ष छ। यसमा नेपालका हजारौं व्यक्ति जोडिएका छन् भन्ने पाटोबाट अनुसन्धान भइरहेको बताइएको छ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौर भन्छन्, ‘उनीबाहेक फिफिएसँग जोडिएका अरू कति मान्छे छन् भन्ने कुराको अनुसन्धान भइरहेको छ।’

कार्यालयका अनुसार फिफिए डटकम नामको एउटा वेबसाइट छ। त्यो हङकङमा छ भन्ने बुझ्नमा आएको छ।

फिफिए एप्सले चाहिँ उसको बेवसाइट सिंगापुरमा छ भनिरहेको छ। तर, प्रारम्भिक अनुसन्धानमा त्यो बेवसाइट हङकङमा छ र त्यो बेवसाइट चिनियाँ नागरिकले चलाइरहेको बुझिएको छ।

राठौरका अनुसार नेपालमा फिफिएमार्फत् कारोबार गर्नेको संख्या उच्च देखिएको कारणबाट यो सञ्जालले नेपाली अर्थतन्त्रको ठूलो हिस्सा विदेशिएको छ भन्ने बुझिन्छ।

‘आज मात्रै १५ लाख कारोबार गरेको र त्यसबाट आफू ठगिएको भन्दै उजुरी आएको छ,’ उनले भने, ‘जाहेरी दिन आएको खण्डमा हामीले अनुसन्धान गर्ने हो, जाहेरी नदिइकन चाहिँ यसको ठ्याक्कै आयतन के हो भन्न सकिएन।’

फिफिएको कारोबारमा हजारौं सर्वसाधारण जोडिएका छन्। त्यसमा सयौं विद्यार्थी पनि परेको एक प्रयोगकर्ताले बताए।

ती प्रयोगकर्ता भन्छन्, ‘फिफिएमार्फत् अर्बौं पैसा विदेशिरहेको छ, यसमा क्रिप्टो करेन्सी, इ-सेवा र बैंकिङ च्यानल प्रयोग भएका छन्।’

कसरी जोडिइन् शेर्पा राई?
काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार राईबारे गुनासो आएपछि उनलाई टोखाबाट पक्राउ गरियो।

पक्राउपछि अनुसन्धान गर्दै जाँदा यसको कारोबार सञ्जाल हङकङमा रहेको खुल्यो। उनीसँग चिनियाँ नागरिकले संवाद गरेको देखियो। ती चिनियाँ नागरिकले अंग्रेजीमा राईसँग संवाद गर्थिन्।

राईको बयान अनुसार उनलाई सुरूमा हङकङकी ती नागरिकले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाइन्। राईले उक्त रिक्वेस्ट एसेप्ट गरिन्।

हङकङकी ती नागरिकले उनलाई फिफिए डटकम र एप्सको बारेमा बताइन्। साथीहरू बनाउँदै जाँदा यसमा राम्रो आम्दानी हुने भनी फकाइन्।

उनीहरूबीच कुरा हुँदै जाँदा ती महिलाले राईलाई काठमाडौंमा कार्यालय खोल्न अनुरोध गरिन्। राईले कम्पनी रजिष्टार कार्यालयमा गएर फिफिया मिडिया नामको कम्पनी खोलिन्।

मिडिया व्यवसाय उल्लेख गरेपछि राईलाई कम्पनी रजिष्टारले अनुमति दियो। सुरूमा हङकङकी ती महिलाले कार्यालय खोल्नका लागि ९ देखि १२ लाख रुपैयाँसम्म लगानी गरिदिइन्। घरभाडाको पैसा पनि आफैंले व्यहोरिदिने भनिन्।

नभन्दै राईले कार्यालय खोलिन्। मासिक २० हजार रुपैयाँ घरभाडाका लागि पैसा पठाइदिने भनिन्। मासिक ३० हजार रुपैयाँ पारिश्रमिक दिने पनि भनिन्।

राईले दुबै सुविधा पाउन थालिन्। उनले टोखामा कार्यालय खोलिन्, पारिश्रमिक पनि पाइन्।

‘कार्यालय पनि खोलियो, अफिस भाडा पनि आयो, मासिक पारिश्रमिक पनि आयो,’ कार्यालयका एक अनुसन्धान अधिकृतले भने।

सबै लगानी हुने भएपछि राई उत्साहित हुँदै गइन्। कार्यालय स्थापना गरी व्यावसायिक रूपमा फिफिएसँग कारोबार गर्न थालिन्।

यही बीचमा फिफिएबाट डुबेपछि चार जनाले अपराध अनुसन्धान कार्यालयमा निवेदन दिए। कसैको दुई लाख, कसैको साढे तीन लाख गर्दै ११ लाख बढी रकम ठगीको फेहरिस्त आयो।

त्यो निवेदनको आधारमा राईलाई पक्राउ गरियो। यसपछि भने क्रमश: आर्थिक अपराधको सन्जाल कहाँसम्म फैलिएको छ भन्ने खुल्न थाल्यो।

ती अनुसन्धान अधिकृतका अनुसार हालसम्म काठमाडौंका टोखा, चाबहिल, कपनमा फिफिएको कार्यालय नै स्थापना भएको छ।

भक्तपुर र पोखरामा फिफिएको सञ्जाल विस्तार भइसकेको देखिएको छ। ‘ती सबै ठाउँमा फिफिएको कार्यालय के कसरी स्थापना भएको हो र त्यहाँबाट के कति कारोबार भएको हो भन्नेबारे अनुसन्धानकै क्रममा छौं,’ ती अधिकृतले भने।

प्रवक्ता रेग्मीले भने केही ठाउँको पहिचान भइरहेकाले अहिले नै कुन ठाउँबाट के कति मानिस संलग्न छन् र यसको विस्तारित रूप के हो भनी भन्न नसकिने बताए।

तर, अनुसन्धानकर्मीहरूले भने फिफिएको कारोबार सञ्जाल व्यापक रहेको बताए।

के हो फिफिए, के हो नेटवर्क?
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार फिफिए डटकम एउटा नेटवर्किङ च्यानलजस्तै हो। पक्राउ परेकी राईले यो ‘अनलाइन व्यवसाय, गेम खेलाइने अनलाइन एप्स, नेपालमा यसको कारोबार शुद्ध हो’ भन्ने गरेकी छिन्।

तर, उनले भनेका कुरामा विश्वासिलो प्रमाण छैन। अनुसन्धानकर्मीले फिफिएबाट हुने कारोबार गैरकानुनी हो भनिरहेका छन्। नेपालको कानुनले निषेध गरेकाले कारोबारलाई कानुनसम्मत मान्नै नसकिने तर्क उनीहरूको छ।

फिफिएमा आवद्ध कसरी भइन्छ?
फिफिएमा आवद्ध हुन जिमेल आइडी मागिन्छ। त्यसमा पासवर्ड हाल्न भनिन्छ।

पासवर्ड हालेपछि बैंक तथा वित्तीय संस्था वा इऔसेवासम्म पहुँच राख्नका लागि अनुरोध गरिन्छ। व्यक्तिगत विवरण भरेपछि त्यो आधिकारिक रूपमा फिफिएको सदस्य बन्छ।

सदस्य बन्नका लागि लगानी गर्न पर्दैन। फिफिए डाउनलोड गर्दै त्यो एप्समा तीन सय रुपैयाँ नेपाली रकम जम्मा भएको देखिन्छ।

त्यो तीन सय रुपैयाँ फिफिएको अकाउन्टमा आएपछि ग्राहकले ९० मिनेटसम्ममा १.४८ प्रतिशत नाफा हासिल गर्छ/आएको पनि छ। ग्राहकलाई दिनमा तीन पटकसम्म फिफिएमा तीन सयले नै कारोबार दिइन्छ। सात पटकसम्म त्यही तीन सय रुपैयाँमा कारोबार गर्न छुट दिइएको छ।

९० मिनेटमा १.४८ प्रतिशत रकम फाइदा हुने लोभमा ग्राहक पैसा जम्मा गर्न थाल्छन्। त्यो इ-सेवा र बैंकिङ प्रणालीबाटै सम्भव भइरहेको छ।

क्षणिक रूपमा फाइदै हुन्छ। तर, जब क्षणिक आम्दानीले ग्राहक उत्साहित हुँदै जान्छन् र त्यहाँ तीन सयको सट्टा हजारौं र लाखौं रकम हाल्न थाल्छन्, त्यसपछि भने फिफिएले रकम कट्टा गर्न थाल्छ।

फिफिएमार्फत् लगानी गर्ने व्यक्तिलाई लगानी गरेबापत ९० मिनेटमै १.४८ प्रतिशत पनि दिइन्छ। तर, १.४८ प्रतिशत नाफाको लागि जसले पैसा लगानी गर्छ, यो सयौंमा केही हुँदैन। जब ग्राहकले लाखौं लगानी गर्न तम्सिन्छ, फिफिएले त्यसबापत ८ प्रतिशत रकम कट्टा गर्न थाल्छ।

‘मानौं हामीले एक लाख लगानी गर्छौं, त्यसको मुनाफा १.४८ प्रतिशतको दरले आउँछ, तर त्यो रकम निकाल्दा फिफिएले ८ प्रतिशत रकम कट्टा गरिदिन्छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘मानौं, हामी लाखमा जान्छौं, झिक्न दुई महिनासम्म दिँदैन, निकाल्दा ८ प्रतिशत काटिदिन्छ।’

ती अनुसन्धानकर्मीका अनुसार फिफिए प्रयोग गर्दा सुरूमा ठगिएजस्तो अनुभूति नै हुँदैन। जब १.४८ प्रतिशत नाफा दिएर ८ प्रतिशत रकम कट्टा गर्न थाल्छ अनि मात्रै पीडित भएको थाहा हुन्छ।

प्रतिबन्ध लगाउन पत्राचार
नेपालमा क्रिप्टो करेन्सीमार्फत् ठूलो रकम विदेशिएको भन्दै नेपाल राष्ट्र बैंकले अनुसन्धान सुरू गरेको थियो। केही समयअघि राष्ट्र बैंकले क्रिप्टो करेन्सीलाई कानुनको दायरामा ल्याउने वा प्रतिबन्ध गर्ने विषयमा छुट्टै कानुन बनाउने भनी अर्थ मन्त्रालय, गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको पनि थियो।

तर, अहिलेसम्म क्रिप्टो करेन्सीलाई न कुनै दायरामा ल्याइएको छ, न कुनै कानुन नै निर्माण गरिएको छ। यसैको फाइदा पुगेको छ, यस्तो गैरकानुनी गतिविधि गर्नेहरूलाई।

‘क्रिप्टो करेन्सीलाई नियन्त्रण गर्नका निम्ति कुनै किसिमको अहिलेसम्म कानुन बनेको देखिन्न,’ ती अनुसन्धान अधिकृतले भने, ‘हामीले केही चलेकै बैंकलगायत अन्य केही बैंकबाट फिफिएको कारोबार गरेको थाहा पाएका छौं, अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै भन्न मिलेन।’

फिफिएमार्फत् हुने कारोबार इ-सेवा, केही बैंकिङ च्यानलबाटै भएको देखिए पनि यसको प्रकृति र आयतनबारे निकै लामो अनुसन्धान हुनुपर्ने उनको तर्क छ।

क्रिप्टो करेन्सी नियन्त्रण नभएकाले त्यहीमार्फत् नेपाली रकम विभिन्न देशी-विदेशी एप्स हुँदै विदेशिएको ती अनुसन्धान अधिकृतको दाबी छ।

‘राईको बयान अनुसार नेपालमा १५-२० हजारको संख्यामा कारोबार भएको छ,’ उनले भने, ‘दुई तीन सय अर्ब बाहिरिएको बुझ्नमा आएको छ, तर यसको आधिकारिक डाटाबारे अनुसन्धान सकिएपछि मात्रै भन्न सकिन्छ।’

इ-सेवा, बैंक खातामार्फत् यो कारोबार गर्न सकिने अनुसन्धानले देखाएको छ। यसले ठूलो आर्थिक नोक्सान भएको देखिएपछि कार्यालयले सबै कारोबार रोक्न इ-सेवालाई पत्राचार गरेको छ।

‘इ-सेवाबाट हुने कारोबार सबै बन्द गर्न पत्राचार गरेका छौं, इ-सेवाले त्यस्तो कारोबार रोक्का राखिसकेको छ, कतिपय मानिस आफ्नो कारोबार किन रोकेको भन्दै त्यहाँ जाने गरेका पनि रहेछन्,’ ती अनुसन्धान अधिकृतले भने, ‘केही बैंकमार्फत् कारोबार भएको देखिएको छ, राष्ट्र बैंकसँग परामर्श गरेर त्यस्तो कारोबार रोक्न पत्र लेख्ने तयारी भइरहेको छ।’

अन्तर्राष्ट्रिय सञ्जाल
इ-सेवा वा बैंकबाटै कारोबार गर्न सकिने भएकाले फिफिएको सञ्जाल नेपालमा विस्तार भएको अनुसन्धानले देखाएको छ। यसरी कारोबार गरिने रकम सिधै इ-सेवा वा बैंकबाट क्रिप्टो करेन्सी हुँदै विदेशिन गरेको छ। क्रिप्टोलाई प्रतिबन्ध नलगाएकाले नै रकम बाहिरिने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन्।

यस्तो कारोबारमा विदेशी नागरिकहरू बढी संलग्न रहेको देखिएको छ। उसले यस्तो सञ्जाल अन्तर्राष्ट्रियस्तरमा फैलाएको छ। उनीहरूले नेपालका नागरिकलाई छिटो समयमा आम्दानी हुने भन्दै अन्तर्राष्ट्रिय सञ्जालसँग ‘कनेक्ट’ गरिदिएका छन्।

‘कारोबार गर्नेहरू संगठित रूपमा विस्तार भइरहेका छन्, त्यसकारण करोडौं-अर्बौं रकम विदेशिरहेको छ,’ ती अनुसन्धान अधिकृतले भने।

प्रकाशित: २०८० असोज ८ गते सोमबार ०७:४९
Sanket

खिलानाथ ढकाल

ढकाल सुशासन र अपराध क्षेत्रमा कलम चलाउँछन्।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना