काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ।
साथै, नेपालमा भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।


