काठमाडौँ– नेपाल र चीनबीच नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउने गरी समझधारी भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी ली छ्याङसमेतको उपस्थितिमा उक्त समझदारी भएको हो।
सोमबार उनीहरुबीच चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएपछि दुवै देशका प्रतिनिधिहरुले उक्त समझदारीमा हस्ताक्षर गरेका हुन्।
‘नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउन सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष (नेपाल भिजिट इयर इन चाइना) घोषणा गर्न दुवै पक्ष सहमत भएका छन्,’ दुवै देशले जारी गरेको संयक्त वक्तव्यमा उल्लेख छ।
यस्तै नेपालमा चिनियाँ भाषा सिक्नेहरुलाई सहजीकरण गर्न चीनले थप भाषा शिक्षक नेपाल पठाउने पनि उक्त वक्तव्यमा उल्लेख छ।
यस्तै सन् २०१७ मा नेपाल र चीनबीच भएको बीआरआई सम्झौता कार्यान्वयनका लागि थप योजनालाई चाँडै टुंगो लगाउन पनि दुवै पक्ष सहमत छन्।
संयुक्त वक्तव्यको पूर्णपाठ


