काठमाडौँ- अजरबैजानको नागोर्नो–काराबाखमा रहेको इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ।
सो घटनामा परी सयौं घाइते भएको स्थानीय आर्मेनियाली अधिकारीहरूले बताएका छन्।
करीव ३०० मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको थियो, जसमध्ये दर्जनौं अझै पनि गम्भीर अवस्थामा छन्।
आर्मेनियाली सरकारले १३ हजार ३५० शरणार्थीहरू एन्क्लेभबाट देश पार गरेको बताको थियो।
विवादित नागोर्नो–काराबाख क्षेत्रमा करिब एक लाख २० हजार जातीय आर्मेनियालीहरूको बहुमत रहेको छ।
मुख्य सहर स्टेपानाकर्टमा सोमबार साँझ बिस्फोट के कारणले भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन।
मानव अधिकारकर्मी ओम्बड्सम्यान गेघम स्टेपान्यानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इन्धन गोदाममा विस्फोट हुँदा घाइते हुनेको सङ्ख्या २०० नाघेको छ। धेरैको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। नागोर्नो–काराबाखको चिकित्सा क्षमता पर्याप्त छैन।’
मंगलबार एक विज्ञप्तिमा स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित शव भेटिएको र थप सात जनाको मृत्यु अस्पतालमा भएको बताएका छन्।


