काठमाडौँ- सामुदायिक विद्यालयमा राहत दरबन्दीमा कार्यरत शिक्षकहरूले सिट्ठी बजाएर प्रदर्शन गरेका छन्।
माईतिघरदेखि बानेश्वर सडकखण्डमा सिठ्ठी बजाएर उनीहरूले प्रदर्शन गरेका हुन्।
आफ्ना मागहरु चाँडो पूरा गराउनका लागि सरकारको ध्यानाकर्षणका लागि सिट्ठीसहित नाराबाजी गरेका हुन्।
यसअघि नेपाल शिक्षक महासंघको आन्दोलनमा राहत शिक्षकले साथ दिएका थिए।
तर सरकारसँग महासंघलगायत दलनिकट शिक्षक संगठनसँग गरेको सहमतिमा आफूहरूका माग नसमेटिएको उल्लेख गर्दै राहत शिक्षकहरूले विरोध गर्दै आएका छन्।
राहतहरूको आन्दोलनलाई सरकारले सम्बोधन गर्ने प्रयास सुरु गरेको छैन।
महासंघ भने आन्दोलन छोडेर विद्यालय फर्किसकेको छ।












