२०८३ कार्तिक १४ गते शुक्रबार

माओवादीको सदस्य हुँ भन्दा ग्लानी हुन थाल्यो, राजीनामा दिएँ : डा कोइराला

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ९
pokhara

काठमाडौँ- नेकपा माओवादी (केन्द्र)को केन्द्रीय स्वास्थ्य विभागका सदस्य डा दीपक प्रसाद कोइरालाले पार्टीबाट राजीनामा दिएका छन्।

डाक्टर पिटिएको विषयमा असन्तुष्टि राख्दै डा कोइरालाले गैरजमानती हिरासतको कानुन नबनेसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन्।

२०६३ सालदेखि पार्टी निरन्तर सदस्य रहेको तर आफ्नै पार्टीको गृहमन्त्री र प्रधानमन्त्री हुँदासमेत आफ्नै दलनिकट स्वास्थ्यकर्मीहरू पिटिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

नेपाल प्रगतिशील चिकित्सक संघ गण्डकी प्रदेशको संयोजक समेत रहिसकेका डा कोइराला पार्टीसँगको सबैखाले आबद्धता त्याग गरेको उल्लेख गरेका छन्।

‘आपनै पार्टीको प्रधानमन्त्री र गृह‌मन्ती हुँदा उपचार गर्ने चिकित्सकले पिटाइ खानु दिनचर्या भएको, प्रहरीले उल्टो गुण्डा गढ़ी गर्ने लाई जोगाएर डाक्टरमाथि लाठीचार्ज गर्नु र कानूनी राज्यको उपहास हुनु मलाइ सह्य भएन,’ उनको राजीनामा पत्रमा उल्लेख छ।

माओवादी पार्टीकै गृहमन्त्री भएको बेलला माओवादी निकट नेपाल प्रगतीशिल चिकित्सक संघ, गण्डकी प्रदेशका अध्यक्षलाई हिरासतमा राखिएको विषयलाई पनि उनले लज्जास्पद भनेका छन्।

‘म यस (माओवादी) पार्टीको सदस्य हो भन्दा आत्मग्लानी महसुस हुन थालेको छ,’ उनको राजीनामा पत्रमा उल्लेख छ। आफूले दल त्याग गरेपनि अन्य कुनै राजनीतिक दलमा आबद्ध नहुने उनको भनाइ छ।

चिकित्सकहरुकले लामो समयदेखि गैरजमानती हिरासतको माग गर्दै आएका छन्। चिकित्सकहरुमाथि हातपात गर्नेहरूलाई धरौटीमा रिहा गर्नुको सट्टा जेल नै पठाउनुपर्ने कानुन कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरुको माग छ। यसका लागि उनीहरूले ‘जेल विथआउट बेल’ अभियान नै चलाएका छन्।

सोमबार मात्रै पोखरास्थित मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात भएको थियो। बिरामीको मृत्यु भएको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा तोडफोड समेत भएको थियो।

उपचारको क्रममा लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले डाक्टरहरूमाथि हातपात गरेका थिए।

डाक्टरहरूमाथि भौतिक आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

भदौ २८ गते मकवानपुरको ह‍ेटौँडास्थित सञ्चो अस्तपालमा ड्युटीमा खटिएका दुई जना डाक्टर कुटिएका थिए। पछि स्थानीय स्तरमा नै मिलापत्र गरी सामसुम पार्ने प्रयास गरिएपनि नेपाल चिकित्सक संघको अगुवाईमा आन्दोलन सुरु भएपछि सरकारले कारबाही गर्ने प्रतिबद्धता गरेको थियो।

यस्तो छ डा कोइरालाको राजीनामा पत्र

प्रकाशित: २०८० असोज ९ गते मङ्गलबार ०५:०६
प्रतिक्रिया

थप समाचार

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...

इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

काठमाडौँ: एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ। २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड...

सुदूरपश्चिममा बैंकको ऋण लगानी कैलाली र कञ्चनपुरमा केन्द्रीत, अन्य ७ जिल्लामा न्यून

काठमाडौँः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय...

भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरूमा सतर्कता

एजेन्सी: भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ।  हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना