पोखरा- विरामीको मृत्यु भएको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ। अहिले पनि अस्पताल परिसरमा तनाव छ।
असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएपछि आफन्तहरू आक्रोशित बनेका हुन्।
दिनभर रगत जाँच, बिलभर्पाई लगायतका काममा अल्झाएको तर सत्य कुरा समयमा नभनेको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड पनि गरिदिएका छन्।


