काठमाडौं- सिन्धुलीको कमा नदीमा एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार बुधबार बेलुका ७ बजे दुधौली नगरपालिका-११ धनसरीस्थित नदी किनारमा ती पुरुषको शव फेला परेको हो।
नदीमा डुबिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार अन्दाजी ६० वर्षीय ती पुरुषको नाम, थर र ठेगाना खुलेको छैन।
शव पोष्टमार्टमको लागि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लगेको छ।


