काठमाडौं- दमक नगरपालिका-१ मा छुरा प्रहार गरी एक युवाको हत्या भएको छ।
इलाम चुलाचुली गाउँपालिका-३ का ३८ वर्षीय गोविन्द लिम्बुको छुरा प्रहार गरी शुक्रबार बिहान हत्या गरिएको हो।
झापा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार बिहान ४ बजेतिर लिम्बुमाथि छुरा प्रहार भएको हो।
छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको रेग्मीले बताए।
लिम्बुलाई दमक-७ का २५ वर्षीय सनम राईले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको रेग्मीले बताए।
लिम्बुको गर्दनमा छुरा प्रहार भएको छ। राई र दमककै अर्का आनन भुजेल फरार छन्।
‘उनीहरू होटलमा भित्र बसेर मदिरा सेवन गरेर बसेका थिए, कति बजेदेखि बसेका थिए भन्ने खुलेको छैन,’ रेग्मीले भने।
उनीहरू होटलबाट बाहिर निस्किने क्रममा झगडा परेको थियो। सनमलाई आननले सहयोग गरेको खुलेको रेग्मीले जानकारी दिए।
फरार दुबैको खोजी भइरहेको र घटनाबारे अनुसन्धान जारी रहेको रिजालले बताए।


