२०८३ कार्तिक ११ गते मङ्गलबार

सिन्धुलीमा राहत शिक्षक चढेको गाडी दुर्घटना, १० जना घाइते

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १२
ev_accident_sindhuli
तस्बिर : टीएन घिमिरे

काठमाडौं- सिन्धुलीमा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार म.प्र.०४-००१ ज. ००६२ नम्बरको गाडी शुक्रबार बिहान ७:५० बजे बिपी राजमार्गमा दुर्घटनामा परेको हो।

उक्त गाडी सिन्धुली सुनकोसी गाउँपालिका-३ बोहोरेटारजनिक आफैं अनियन्त्रित भई सडकको बायाँतिरको नालीमा खसेको हो।

गाडी सिन्धुलीबाट काठमाडौंतर्फ गइरहेको थियो। चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका-८ का २६ वर्षीय तेजबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते सबैलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको सिलवालले बताए।

घाइतेहरू सबै शिक्षक हुन्। उनीहरू राहत शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं हिँडेका थिए।

घाइतेहरूको विवरण :

१.जिल्ला  सिन्धुली कमलामाई नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४६ को निर कुमार चालिसे  ( दुवै हात भाच्चेको शरीरको विभन्न भागमा चोट, अवस्था मध्यम, उपचारको लागी धुलिखेलतर्फ पठाईएको)

२. जिल्ला काभ्रे बनेपा न.पा. वडा नं.१० बस्ने बर्ष ४० की गार्की बस्नेत ( शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम ,गर्भवति रहेकी,उपचारको लागी धुलिखेल)

३. जिल्ला सिन्धुली कमलामाई न.पा.५ बस्ने बर्ष ४६ को कमला घिमिरे ( बायाँ हात र ढाडमा चोट, अवस्था मध्यम , उपचार धुलिखेल तर्फ)

४. ऐ.तिनपाटन गा.पा. १० बस्ने बर्ष ४० को राजन कार्की ( दाहिने हात र बायाँ खुट्टा भाचेको, अवस्था मध्यम, उपचारको लागी धुलिखेल तर्फ)

५. ऐ. कमलामाई.न.पा.  वडा नं. १ बस्ने बर्ष ३४ को मुकुन्द थापा (टाउकोमा चोट, अवस्था गम्भिर,धुलिखेल तर्फ)

६. ऐ.ऐ.वडा नं. १ बस्ने बर्ष ४१ को भुवन थापा ( टाउको र ढाडमा चोट ,अवस्था मध्यम, उपचारको लागी धुलिखेल तर्फ)

७. ऐ.ऐ. कमलामाई.न.पा. ४ बस्ने बर्ष ४० की बबिता देवकोटा ( अनुहारमा चोट ,अवस्था मध्यम ,धुलिखेल तर्फ)

८.ऐ.ऐ. वडा नं. ६  बस्ने बर्ष ४६ को बिष्णु ढकाल ( अनुहारमा चोट, अवस्था मध्यम,धुलिखेल तर्फ)

९. ऐ.ऐ.बस्ने निजको छोरा बर्ष ११ को निश्चल ढकाल (अनुहारमा चोट, अवस्था मध्यम,धुलिखेल तर्फ)

१०. जिल्ला सिन्धुली कमलामाई.न.पा. ६ बस्ने बर्ष ४० को सरोज थापा( बायाँ खुट्टामा चोट, अवस्था सामान्य, उपचारको लागी धुलिखेल तर्फ)

प्रकाशित: २०८० असोज १२ गते शुक्रबार ०९:५२
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना