२०८३ कार्तिक ११ गते मङ्गलबार

जिबी राईको अर्को सहकारी ठगी प्रकरण,  पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १२
gb-rai-sanopaila

काठमाडौं- ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जिबी) राईसहित १३ जनाविरूद्ध अर्को पक्राउ पूर्जी जारी भएको छ।

पर्सा वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको आरोपमा उनीसहित १३ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको हो।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले राईसहित १३ जनाविरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको बताए।

उनीहरूमध्ये कर्जा अधिकृत राधेचन्द्र यादव पक्राउ परेका छन्। पर्सा प्रहरीमा दिनहुँजसो उक्त सहकारीका बचतकर्ताहरूले ठगीको निवेदन दिइरहेका छन्।

‘कति रकम ठगी भएको भन्ने अहिले निर्क्यौल गर्न बाँकी छ, दिनहुँजसो निवेदन आइरहेका छन्,’ उनले भने।

पक्राउ पूर्जी जारी भएकामा निवर्तउपाध्यक्ष नेहा पौडेल, सचिव तस्वीरन मियाँ, कोषाध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर छन्।

यस्तै, सहकारीका पूर्वकोषाध्यक्ष कुमार रम्तेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। रम्तेल यसअघि नै पक्राउ परी कास्की प्रहरीको हिरासतमा छन्।

सञ्चालक समिति सदस्यहरू देबेन्द्रबाबु राई, थानबहादुर बुढामगर, धिरजकुमार दास, पूर्वउपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्वसदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकीविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।

राईविरूद्ध पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निक्षेप पनि हिनामिना गरेको आरोप छ।

बचतकर्ताहरूको रकम ठगी गरेको आरोपमा राईसहित सात जनाविरूद्ध कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ। राईसहित अन्य व्यक्तिहरू फरार छन्।

राईसहितका व्यक्तिविरूद्ध ९७१ जना बचतकर्ताले जाहेरी दिएका छन्।

उक्त सहकारीले बचतकर्ताको १६ अर्बभन्दा बढी रकम ठगी गरेको आरोप छ।

प्रकाशित: २०८० असोज १२ गते शुक्रबार ०२:१९
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना