काठमाडौँ- इन्द्रजात्राको अवसरमा हाँडीगाउँमा पनि इन्द्रजात्रा महोत्सव मनाइएको छ।
हाँडीगाउँको इन्द्रजात्रामा नाचगान तथा स्थानीय उत्पादन बिक्रीको लागि समेत राखिएको छ।
जात्रामा देवीदेवताको पूजाका लागि आवश्यक सामग्री पनि राखिएको छ।
यस्तै लोप हुन लागेका खेलका प्रतियोगिता पनि गराइएको छ।
नेवाः संस्कृतिको प्रवर्धनका लागि नेवारी खानाका स्टलसमेत राखिएको छ।






















