२०८३ कार्तिक १५ गते शनिवार

एमाले गण्डकीले टुंग्यायो अधिवेशन प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये को बलियो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १३
gandaki_uml

गण्डकी- नेकपा एमालेले गण्डकी प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको काम टुंग्याएको छ।

असोज १५ र १६ गते हुने निर्वाचनका लागि पालिकाबाट प्रतिनिधि चयनको काम सकिएको हो। केही क्लस्टरमा भने अझै चयन भएको छैन।

सबैभन्दा धेरै कास्कीबाट १ सय ४६ प्रतिनिधि आएका छन्। स्याङ्जाबाट १ सय १३, पर्वतबाट १ सय १०, नवलपुरबाट १ सय ९ जना चयन भएका छन्।

यस्तै, गोरखाबाट ५३, बागलुङबाट ७२, तनहुँबाट ८२, लमजुङबाट ६५, मुस्ताङबाट १६, म्याग्दीबाट ४२ र मनाङबाट १४ जना प्रतिनिधि छनोट भएका एमाले गण्डकीका सचिव धनन्जय दवाडीले जानकारी दिए।

उनका अनुसार जनसंगठनबाट ८६ जना निर्वाचित भएका छन्। हालसम्म ९ सय ७ जना प्रतिनिधिको टुंगो लागिसकेको छ। त्यसमध्ये महिला २ सय ४६ जना छन् भने युवा ५४ तथा मजदुर १६ जना छन्।

गण्डकीको अधिवेशनमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी पक्षधर नेता कार्यकर्ताहरु विभक्त हुने सम्भावना देखिन्छ। दुवै समूहले आफ्ना उम्मेदवार विजयी हुने दाबी गरेका छन्।

अहिले दुवै गुटको भेला ठाउँठाउँमा बसिरहेको छ। उम्मेदवार टुंग्याउने विषयमा छलफल भैरहेको बताइन्छ। प्रारम्भिक अवस्था हेर्दा अधिकारी भन्दा गुरुङ समूह केही बलियो देखिएको छ। यद्यपि नेताहरुको ‘मुभमेण्ट’मा भर पर्छ। दुवै समूहले आफूसँग ७० प्रतिशत भन्दा बढी प्रतिनिधि रहेको दाबी गर्छन्।

अधिकारी गुटबाट मायानाथ अधिकारीको नेतृत्वमा प्यानल घोषणा हुने सम्भावना छ भने गुरुङ गुटबाट नवराज शर्माको नेतृत्वमा प्यानल बन्ने लगभग निश्चित छ। तर अधिकारी गुटबाट नेतृत्वका लागि कास्कीका कृष्ण थापाको पनि बलियो दाबी छ। उता रामशरण बस्नेतले पनि अध्यक्षमा दाबी छोडेका छैनन्।

‘मतदान हुने अवस्था आउँदा मायानाथको सट्टा रामशरण उम्मेदवार हुने सम्भावना छ। तर मायानाथ नै उठ्न इच्छा गरे उहाँ नै उम्मेदवार हो,’ खगराज निकट नेताले भने, ‘सकेसम्म त सर्वसम्मत गर्न प्रयास गर्ने हो। त्यो सम्भावना टर्दै गएको छ।’

केही समयअघिसम्म गुरुङ नजिक रहेकी केन्द्रीय सचिव पद्या अर्याल अहिले खगराजतिर खुलेको एमाले वृत्तमा चर्चा छ। ‘खगराज, पद्या र पिएस मिल्दा गण्डकीलाई राम्रो हुन्छ। तर ध्रुवीकरण हुँदा पिएस केन्द्रित छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘अहिलेका सम्भावित उम्मेदवार हेरेर ध्रुवीकरण भएको होइन। यस्तोमा माथिका नेताहरु नमुछिए राम्रो हुन्छ।’

खगराज निकट स्रोत भने आफूहरुसँग ७० प्रतिशत भन्दा बढी मतदाता रहेको बताउँछ। ‘कास्कीमै लगभग ७५ प्रतिशत भोट हाम्रो पक्षमा खस्छ। अन्यत्र पनि जति कमजोर भनेर हल्ला पिटिएको छ, त्यस्तो कमजोर छैन,’ उक्त स्रोतले भन्यो, ‘केही जिल्लामा हामी राम्रो अन्तरले अगाडि छौं। केहीमा बराबर जस्तो छ।’

गोरखा, लमजुङ, म्याग्दी र मुस्ताङमा पिएस समूह अगाडि रहेको खगराज समूह नै स्वीकार्छ। पिएस समूहले चाहिँ कास्कीमा खगराज समूह केही अगाडि रहेको स्वीकारेको छ। अन्य जिल्लामा दुवैले आफ्नो पक्ष बलियो रहेको दाबी छोडेको छैन।

एकपक्षले भने केन्द्रीय सदस्यहरु तल्लो तहमा झरेर चुनाव लड्नु अवसरवाद भएको तर्क गर्छ। ‘पार्टीको साखलाई जोगाउन गलत प्रबृत्ति अन्त्य हुनुपर्छ। पार्टी निर्माणमा व्यवधान खडा गर्नु हुँदैन,’ उक्त पक्षले भन्यो, ‘केन्द्रीय सदस्यहरु प्रदेशमा उठ्नु अवसरवाद हो। अधिवेसन अघि नै यसमा गम्भीर भएर नेताहरुले सोच्नुपर्छ।’ एमालेले १ सय ६५ सदस्यीय कमिटी गठन गर्नेछ। त्यसमा ५ जना पदाधिकारी हुन्छन्।

खगराजकै इलाकामा भएन सर्वसम्मत
गण्डकीका ८५ पालिकामध्ये रुपा गाउँपालिकामा मात्रै मतदान मार्फत प्रतिनिधि चयन भएका छन्। अन्य सबै क्लस्टरमा सर्वसम्मत भएकोमा खुला तर्फ ५ उम्मेदवार भएपछि मतदान मार्फत प्रतिनिधि छानिएको हो।

निर्वाचनबाट चारै जना खगराज अधिकारी गुटका निर्वाचित भएका छन्। पृथ्वीसुब्बा गुरुङ गुटका मानिने पुष्प अधिकारीले जम्मा ८८ मत ल्याउँदा अधिकारी गुटका उम्मेदवारले ३ सय ८१ मतभन्दा बढी पाए।

यो पालिका खगराजको सबैभन्दा बढी पकड भएको पालिका हो। मतका हिसावले पनि त्यो देखाउँछ। तर एउटा मात्रै पदमा चुनाव हुँदा राम्रो सन्देश नगएको नेताहरु बताउँछन्।

प्रकाशित: २०८० असोज १३ गते शनिवार १२:११
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना