२०८३ कार्तिक १५ गते शनिवार

खुट्टा गुमाएकी एन्ड्रिसालाई डा शशांकद्वारा सहयोग हस्तान्तरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १३
382949594_1434903293726553_4126711182138168354_n

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले रामेछापकी एन्ड्रिसा घिमिरेलाई ३ लाख ५१ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।

दुर्घटनामा खुट्टा गुमाएकी घिमिरेलाई गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीबाट संकलित रकम पूर्वमहामन्त्रीसमेत रहेका कोइरालाले घिमिरेको निवासमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्।

सहयोग रकम हस्तान्तरण गर्दै डा कोइरालाले नेपालीलाई समस्या पर्दा विदेशमा रहेका नेपालीहरूको सहयोग महत्वपूर्ण हुने गरेको बताए।

घिमिरेले एसईपछि कक्षा ११ पढ्न आउने क्रममा सवारी दुर्घटनामा परी खुट्टा गुमाएकी थिइन्। सो रकम हस्तान्तरण कार्यक्रममा गैरआवासिीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष दुर्गा आचार्य र महासचिव गौरीराज जोशीले घिमिरेलाई कृत्रिम खुट्टा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

सहयोग रकम हस्तान्तर गर्नका लागि निवासमा पुग्दा गैर अवासिय नेपाली संघका अर्का महासचिव डा केशव पौडेलले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीलाई टेलिफोन सम्पर्क गरी आफ्नो तर्फबाट घिमिरेलाई थप १० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत, नेपाली कांग्रेस काठमाडौंका सभापति सवुज बाँनिया, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री दिपक भट्टराई, नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसी, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सचिव बद्री भट्टराई, नेपाली कांग्रेस बागमति प्रदेश सदस्य कल्पना खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविन घिमिरको उपस्थिति रहेको थियो।

प्रकाशित: २०८० असोज १३ गते शनिवार ०२:२०
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना