काठमाडौँ- स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको आक्रमण नरोकिएको भन्दै चिकित्सकहरूले शनिबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै स्वास्थ्यकर्मीहरुले माइतीघरमा विरोध प्रदर्शनका कार्यक्रम गरेका हुन्।
माइतीघरमा जम्मा भएका स्वास्थ्यकर्मीले बानेश्वरसम्म र्याली गरेका थिए। स्वास्थ्यकर्मीहरुले मल्हमपट्टी लगाई सांकेतिक प्रदर्शन गरेका थिए।




















