सुनसरी- सुनसरीमा हावाहुरीले रुख ढल्दा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामधुनी नगरपालिका-६ झुम्काका ६० वर्षीय मुनरलाल चौधरी रेहका छन्।
उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बनिबार बिहान बराहक्षेत्र नगरपालिका-३ पटनाली जंगलस्थित मदन भण्डारी लोकमार्गमा पकलीबाट चतरातर्फ जाँदै गरेको को२९प ५५०२ नम्बरको स्कुटरमा रुख ढलेको थियो।
रुख ढलेर चौधरी गम्भीर घाइते भएङ्का थिए। स्कुटरका चालक सुरज चौधरी सकुशल छन्।


