पोखरा- पोखराको फुस्रे खोलामा १४ वर्षीय किशोरको शव फेला परेको छ।
पोखरा महानगरपालिका-१७ स्थित खोलामा शनिबार दिउँसो किशोरको शव फेला परेको हो।
प्रहरीका अनुसार सोही वडा बिरौटा हनुमान टोल बस्ने १४ वर्षीय क्षितिज बस्यालको शव उक्त खोलामा भेटिएको हो।
उनको शव पोष्टमार्टमका लागि गण्डकी अस्पतालमा लगिएको छ।
उनी आफ्नी ठूलीआमासँग बस्दै आएको खुलेको छ। उनका बुवा-आमा वैदेशिक रोजगारीमा छन्।


