काठमाडौं- सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा(संसद)मा पेश गरेको छ। आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उक्त विधेयक संसदमा पेश गरेका हुन्।
मन्त्रिपरिषदबाट पारित भई विधेयक यसअघि नै संघीय संसदमा दर्ता भएको थियो। विधेयकका कतिपय व्यवस्थालाई लिएर नेपाल शिक्षक महासंघ र राहत शिक्षक लगायतले विरोध गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए।
उनीहरूका माग विधेयक संशोधनका क्रमशः समावेश गर्ने सहमति सरकारले गरेको थियो।


