काठमाडौं- दोलखाको लामाबगरबाट प्रहरीले चार किलो सुन बरामद गरेको छ।
दोलखाको विगु गाउँपालिका-३ लामाबगरबाट आइतबार दिउँसो थप चार किलो सुन बरामद भएको प्रहरीले जनाएको छ।
लामाबगरको बस्तीभन्दा पारि ओढारमा लुकाएर राखेको अवस्थामा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए।
अवैध रूपमा सुन तस्करी भएको आशंकामा प्रहरीले खोजी गर्दा लुकाएर राखेको सुन फेला परेको उनले बताए।
गत असोज १० गतेदेखि लामाबगर क्षेत्रमा प्रहरीले सुन तस्करीको खोज र अनुसन्धान गरिरहेको छ।
हालसम्म प्रहरीले ११ किलो सुन फेला पारिसकेको छ।
तस्करीमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन्। तर, आइतबार बरामद चार किलो सुनमा कोही पनि पक्राउ छैनन्।


