गण्डकी- नेकपा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले गठनबन्धन सरकार टेलिभिजन र पत्रपत्रिकामा मात्र भेटिने टिप्पणी गरेका छन्।
नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘अहिलेको गठबन्धन सरकार टेलिभिजन र पत्रपत्रिकामा मात्र देखिन्छ तर जनताको मनमा देखिएको छैन,’ उनको टिप्पणी छ। सरकार असफल भएको बताउँदै उनले ओली नेतृत्वको सरकार चाहिएको बताए।
‘प्रधानमन्त्री कहिले यो देश कहिले तो देश भ्रमण गर्दामा नै व्यस्त हुनुहुन्छ, राज्यको ढुकुटी विदेश भ्रमणमा सक्ने जस्तो कार्य गर्नु हुन्छ,’ उनले भने।
देशलाई सबल बनाउन, रोजगारी सिर्जना गर्न र युवा विदेशीने क्रम रोक्न एमालेको सरकार चाहिएको उनको तर्क छ।
२०८४ को चुनावमा दुई तिहाइ बहुमतका साथ एमालेलाई विजयी बन्ने उनको आशा छ।


