सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह विजयी भएका छन्।
३६९ मत ल्याएर विजयी बनेका साहले मीनबहादुर शाहीले २०७ मत पाए।
अध्यक्षकै उम्मेदवार प्रकाश रोकायले भने जम्मा चार मत पाए।
उपाध्यक्ष पदमा टेकराज पछाई ३४२ मतसहित विजयी भएका छन्। उनी पनि शाह प्यानलकै हुन्।
त्यस्तै ४०६ मतसहित सचिवमा ध्रुवबहादुर शाही विजयी भए।
उपसचिवमा रवीन्द्रराज शर्माले ३०० मत ल्याएर विजयी बने।
महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी भइन्।
एमाले कर्णालीमा ६०४ मत खसेकोमा २४ मत बदर भएको थियो।


