पोखरा- एमाले गण्डकी अधिवेशनमा देखिएका विवाद मिलाउन समय नसक्दा निर्वाचन कार्यतालिका परिमार्जन हुने भएको छ।
परिमार्जित तालिका अनुसार मनोनयन फाराम वितरण मंगलबार साँझबाट गरिएपनि बुधबार मात्र मनोनयन दर्ता हुने भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
‘मनोनयन फाराम वितरण गर्ने बेलामा विद्युतीय भोटिङ मेसिनमा सेट गर्ने क्रममा क्लस्टर मिलेको देखिएन, खुल्ला, महिला, दलित, अपाङ्ग लगायतमा स्पष्ट उल्लेख नहुँदा विवाद भयो,’ निर्वाचन कार्यालयका एक सदस्यले नेपाल क्सिक्सलाई बताए, ‘यसले कार्यतालिका प्रभावित भयो।
अब उम्मेदवारको मनोनयन फाराम दर्ता बुधबार बिहान ७ बजेबाट सुरु हुनेछ।
परिमार्जित गरेर प्रकाशन गरिएको निर्वाचन कार्यक्रममा फेरबदल नभएरमा मतदान बुधबार साँझ सवा ५ बजेबाट सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।
मतदानमा अधिवेशन प्रतिनिधिको रुपमा आएका गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९०८ जना प्रतिनिधिले मतदान गर्नेछन्।
अधिवेशनमा नेतृत्वको लागि आकांक्षा राख्नेहरु धेरैं भएपनि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबिच अन्तिम प्रतिस्पर्धा हुने लगभग निश्चित छ।


