२०८३ कार्तिक ११ गते मङ्गलबार

जेठाजू र देवर चोरी गर्न सुरुङ खनेर घरभित्र छिरे, ब्युँझिएपछि हत्या गरेर फर्किए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १७
IMG20231003141631

काठमाडौं- असोज २ गते दिउँसो ३ बजे पर्सा जगरनाथपुर गाउँपालिका-५ मसिहानी टोलकी ५६ वर्षीया कान्तिदेवी विन आफ्नै घरमा मृत अवस्थामा फेला परिन्।

प्रहरीका अनुसार सुतेको कोठामा उनको घाँटी रेटी हत्या भएको थियो। उनको असोज १ गते राति पौने १२ बजे नै हत्या भएको थियो।

घटना अनुसन्धानका लागि पर्सा प्रहरीको टोलीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गर्‍यो।

शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगन्ज पठाइयो। विनका छोरा अर्जुन मुखिया विन वैदेशिक रोजगारीको लागि मलेसियामा थिए। अर्का छोरा नारायणगढमा बस्थे।

श्रीमान् १० वर्षअघि बितेका थिए। कान्तिदेवी घरमा एक्लै बस्थिन्।

कान्तिदेवीको शव पोष्टमार्टमपछि उनकै जेठाजू चन्द्रिका राउत विनले बुझेर लगे। दाहसंस्कार गराए।

अर्जुन मलेसियाबाट फर्किएपछि लालबाबु राउत विनविरूद्ध असोज ७ गते किटानी जाहेरी दिए। ३६ वर्षीय लालबाबु कान्तिदेवीको नातामा देवर पर्ने व्यक्ति हुन्।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार लालबाबुसँग बयान लिँदै जाँदा उनले कान्तिदेवीका जेठाजुहरू चन्द्रिका राउत विन र अमिरिकी राउत विनको संलग्नता खुलाए।

उनीहरू दुवैलाई प्रहरीले असोज १४ गते पक्राउ गरी अनुसन्धान थाल्यो। अनुसन्धानमा उनीहरू तिनै जनाले कान्तिदेवीको हत्या गरेको स्वीकार गरे।

सुरुङ खनेर चोरी गर्न छिरे, हत्या गरेर फर्किए

थापाका अनुसार तिनै जना कान्तिदेवीको घरमा राति पुगेका थिए। उनीहरू चोरी गर्ने योजना बनाएर कान्तिदेवीको घरमा प्रवेश गरेका थिए।

सुरूमा उनीहरूले घरमा सुरूङ खनेर भित्र छिरे। चोरी गर्नको लागि बाकसहरू खोतल्न थाले। त्यहीबेला कान्तिदेवी निद्राबाट ब्युँझिन्।

कान्तिदेवीले चिनेपछि पोल खुल्ने डरले तिनै जनाले उनको टाउकोमा रड र काठको फलेकले हिर्काए। कान्तिदेवी बेहोस् भइन्।

त्यसपछि उनीहरूले सिरानीले मुख थुनी खुर्पाले घाँटी रेटेर हत्या गरे।

५९ वर्षीय चन्द्रिका राउत विन र ५७ वर्षीय अमिरिका राउत विन कान्तिदेवीका सहोदर जेठाजू हुन्।

देवर नाताका लालबाबुको घर कान्तिदेवीकोबाट करिब दुई-तीन सय मिटर टाढा छ।

जेठाजुद्वयको घर पाँच सय मिटर टाढा छ। ‘कान्तिदेवीको घर अलि एकान्तमै छ, घटना हुँदा कसैले थाहा नपाएको देखियो,’ थापाले भने।

छोराले विदेशबाट पठाएको रकम ब्याजमा लगाएको थाहा पाएपछि तिनै जनाले उनको घरमा चोरी गर्ने योजना बनाएको थापाले बताए।

‘घरमा एक्लै बस्ने गरेकाले चोरी गर्न सजिलो हुने ठानेर गएका रहेछन्, सुरुङ खनेर भित्र छिरेर बाकस खोल्दैगर्दा कान्तिदेवीले थाहा पाएपछि पोल खुल्ने डरले हत्या गरेको अनुसन्धानमा देखिएको छ,’ थापाले भने।

कान्तिदेवीको हत्यापछि उनीहरू चोरी नगरी फर्किएको देखिएको थापाले बताए।

उनीहरू तिनै जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। सबैलाई कर्तव्य ज्यानमुद्दामा  हिरासतमा राखेर अनुसन्धान थालिएको थापाले बताए।

प्रकाशित: २०८० असोज १७ गते बुधबार ०९:३७
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना