वासिंटन- अमेरिकामा ७५ हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा उत्रिएका छन्।
कर्मचारीको तहसम्बन्धी विवादका कारण स्वास्थ्य सेवा प्रदायक संस्था कैसर परमानेन्टीमा कार्यरत स्वास्थ्यकर्मी बुधबारदेखि हडतालमा उत्रिएका हुन्।
अमेरिकाको इतिहासमा यो हालसम्मकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल भएको दाबी गरिएको छ।
अमेरिकाको ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल सुरु गरेका हुन्।
हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न स्थानहरूमा बुधबार बिहान सुरू भएको थियो।
अपराह्नसम्म वेस्ट कोस्ट हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी भएका थिए।
स्थानीय युनियनहरूको प्रतिनिधित्व गर्ने छाता समूह ‘कैसर परमानेन्टी युनियन्स’ गठबन्धनले गत महिना एक विज्ञप्ति जारी गर्दै यो ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल’ हुने बताएको थियो।
गठबन्धनले ‘यदि कैसरले अनुचित श्रम अभ्यासहरू जारी राख्यो भने’ नोभेम्बरमा थप हडतालमा सम्लग्न हुने’ चेतावनी दिएको छ।
युनियनले बोर्डमा तलब वृद्धि, र श्रमको उप–सम्झौता र बाह्य आपूर्तिविरुद्ध सुरक्षा, अन्य मागहरू सम्बोधन गर्ने माग राखेको छ।
कैसर परमानेन्टीले भने हडतालमा पनि स्वास्थ्य केन्द्रहरू सञ्चालन गर्ने योजना बनाएको छ।
कम्पनीले आफ्नो वेबसाइटमा पोस्ट गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ, ‘यूनियनले श्रमिक हडतालमा भाग लिन आह्वान गरेका छन्। यसबाट हामी दुःखी भएका छौँ।’
कम्पनीले आकस्मिक योजनाहरू लागू गरेको तर ग्राहकहरूलाई ‘सामान्य भन्दा लामो’ प्रतीक्षाको समयको अपेक्षा गर्न चेतावनी दिएको छ।
‘हडतालको समयमा हाम्रा स्वास्थ्य केन्द्रहरू खुला रहनेछन्। हाम्रा चिकित्सकहरू, प्रशिक्षित तथा अनुभवी प्रबन्धकहरू र कर्मचारीहरूद्वारा सेवा प्रवाह गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ।



