काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय पक्राउ परेका छन्।
३२० ग्राम सुहसति दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेकोहो।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक २६ वर्षीय मिहिर सञ्जयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन्।
हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका अग्रवाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट २ सय २० ग्राम तौल भएको बाला १ थान तथा सिक्री १ थान र १ सय ग्राम तौल भएको बाला १ थान बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ।


