२०८३ कार्तिक १३ गते बिहिबार

पीकेमा स्ववियु उपाध्यक्षमाथि हातपातको विरोध गर्दै प्रदर्शन

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १९
pk

काठमाडौँ– काठमाडौंस्थित पद्मकन्या क्याम्पसमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। केही समयअघि नेपाल विद्यार्थी संघको इकाइ सभापति सगुन कँडेलमाथि हातपात भएकोमा विरोध जनाउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले निकट विद्यार्थीले प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरुले कँडेलको ‘स्वास्थ्य लाभको कामना गर्दै प्लेकार्ड बोकेर क्याम्पसलाई शान्ति क्षेत्र बनाउन माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शन गरेका विद्यार्थीले निर्वाचन कार्यालयमा लगाएको तालासमेत फोडेका छन्।

केही समयअघि स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघबाट समानुपातिक प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा विवाद बढ्दा इकाइ अध्यक्ष कँडेललाई अर्को समूहले कुटपिट गरेको थियो। रातको ७ बजेतिर क्याम्पसको होस्टेलमा बसिरहेको अवस्थामा कँडेलको कोठाभित्रै प्रवेश गरेर कुटपिट गरेको थियो।

आफूलाई नेविसंघकै इकाइ अध्यक्ष दाबी गर्ने गगन थापा निकट मानिने लक्ष्मी दाहालको समूहले कुटपिट मच्चाएको कँडेल समूहको दाबी छ। कँडेल घाइते भएर विगत पाँच दिनयता एभेरेस्ट अस्पताल उपचारत छिन्। कँडेल कांग्रेस केन्द्रीय सदस्य काफ्ले निकट विद्यार्थी नेता हुन्।

समानुपातिकबाट स्ववियु उपाध्यक्ष निर्वाचित भएकी कँडेलको टाउकोमा चोट लागेको छ। कुटपिटबाट घाइते भएकी कँडेललाई भेट्न नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेता अस्पताल पुगेका थिए।

चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको समानुपातिक सूचीको नाम बुझाउने अन्तिम दिन नेविसंघ केन्द्रीय कार्यसमितिले सूची पठाएको थियो। केन्द्रीय कार्यसमितिको सूचीलाई दाहालको समूहले नमानेपछि विवाद भएको थियो।

प्रकाशित: २०७९ चैत १९ गते आईतबार ०७:०२
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना