काठमाडौं–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अहिले देशमा शिक्षामा व्यापार भइरहेको आरोप लगाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा ऐन २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले शिक्षामा व्यापारिकरण नै देशको दुर्दशा कारण भएको बताए।
‘हामी सबैलाई महसुस भएको छ। आज देशको यो दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीमा भएको खराबीले हो। तर मुख्य खराबी के भने शिक्षामा व्यापार भयो,’ उनले भने, ‘शिक्षा स्वास्थ्य रोजगारीको जिम्मा जुन देशको सरकारले लिँदैन। त्यो देशको कति विकास भएको छ?’
उनले शिक्षामा निजीकरण, व्यापारीकरण गरेकालाई नै मन्त्रीसम्म बनाउने गरेको भन्दै आपत्ति जनाए। यदि देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाइ थियो।


