२०८३ कार्तिक ११ गते मङ्गलबार

एक वर्षमा भारतले निर्यात गर्‍यो १० अर्ब डलरका स्मार्टफोन

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १९
apple-iphone-13-vs-samsung-galaxy-s21-leadjpg

नयाँदिल्ली- आर्थिक वर्ष २०२२/०२३ मा भारतले १० अर्ब अमेरिकी डलरभन्दा बढीका स्मार्टफोन निर्यात गरेको छ। हालै

यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’ स्मार्टफोनले कुल निर्यातको ५० प्रतिशत हिस्सा ओगटेको छ। सामसङले ४० प्रतिशत मोबाइल निर्यात गरेको छ। बाँकी स्मार्टफोन कम्पनीहरुले निर्यातको १० प्रतिशत मात्र हिस्सा ओगटेका छन्।

इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रमा भारत बलियो हुँदै गएको यो तथ्यांकले देखाएको छ। भारतलाई विश्वका ठूला निर्माण कम्पनीहरूले प्राथमिकता दिइरहेका छन्। हालै सामसुङले भारतमा विश्वको सबैभन्दा ठूलो फोन उत्पादन एकाई खोलेको छ।

एप्पल जस्ता ठूला स्मार्टफोन निर्माताले कम्पनीहरूले भारतमा महत्वपूर्ण निर्माण एकाइहरू स्थानान्तरण गरेका छन्।

ओप्पो, भिभो, शाओमी र लाभाजस्ता विश्वव्यापी उद्यमहरूले पनि भारतमा आफ्नो आधार स्थापना गरेका छन् र कारोबार विस्तार गरेका एसियन लाइटले रिपोर्ट गरेको छ।

उत्पादनसँग जोडिएको प्रोत्साहन (पीएलआई) योजनाका कारण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भारतबाट स्मार्टफोन निर्यात दोब्बर भएको छ।

आईसीईएको तथ्याङ्कअनुसार भारतका लागि हाल संयुक्त अरब इमिरेट्स (युएई), अमेरिका, नेदरल्याण्ड्स, बेलायत र इटाली मोबाइल फोन निर्यातका शीर्ष पाँच गन्तव्य हुन्। सन् २०१४ मा भारतमा मोबाइल फोन र पार्टपूर्जा उत्पादन गर्ने २६० भन्दा बढी युनिट रहेका थिए।

प्रकाशित: २०७९ चैत १९ गते आईतबार ०९:२३
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना