काठमाडौ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।
भेटमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्डसँग भेटका लागि बिहान १० बजे ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए।
भेटवार्तामा विधेयकका साथै समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।


