काठमाडौँ- दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला भएपछि बसपार्कमा भिड लागेको छ।
असोज २२ गते (आज)देखि अग्रिम टिकट बुकिङ खुल्ला भएपछि बस काउन्टरहरूलमा बिहानैदेखि भिड लागेको हो।
दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ।
बससेवालगायतका सेवा प्रदायकले अनलाइन टिकट पनि बिक्री गर्दै आएका छन्।










